नुवाकोट जिल्लाको शिक्षकले भोग्नुपरेका समस्या बारे छलफल


YYY
कुल तामाङ
माघ २०, नुवाकोट ।
नुवाकोट जिल्लाको पूर्वी भेगमा कार्यरत शिक्षकहरुले स्थायी तहमा भोग्नुपरेका समस्या, शिक्षक संघहरुको भूमिकालगायतका विषयमा आज भदु्रटारमा छलफल गरिएको छ ।

स्थानीय शिक्षक संघको आयोजनामा आज कुण्डला उच्च मावि भदु्रटारमा आयोजित परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा समुन्द्रादेवी, भदु्रटार, सुनखानी र महाकाली गाविसका विभिन्न विद्यालयहरुमा अध्यापन गराउँदै आएका ५२ जना शिक्षकहरुको सहभागीता रहेको थियो । नेपाल शिक्षक युनियनका अध्यक्ष ताराप्रसाद पाठक र नेपाल शिक्षक संघका अध्यक्ष रामबहादुर थापाले शिक्षकहरुले राख्नुभएको जिज्ञासाको उत्तर दिनुभएको थियो ।

कुण्डला उच्च माविका प्रधानाध्यापक शम्भु यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय शिक्षक संघका सचिव दामोदर आचार्य, सुनखानीका शिक्षक माधव ठकुरीलगायतले मन्तव्य राख्नुभएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]