शव फेला पयो


YYY
राजेन्द्र न्यौपाने
गोरखा, २० माघ । पुस ३ गतेदेखि हराई रहेकी गोरखा जिल्ला खोप्लाङ गाउँ विकास समिति घर भएकी सुकुमाया कुमालको शव फेला परेको छ ।
खोप्लाङ वडा नं.९ स्थित सातदोबाटोमा शव फेला परेको हो । शव कंकालमा परिणत भैसकेको भएपनि लगाएको लुगाको आधारमा शवको पहिचान गरिएको छ ।
चाँगुभीरमा शवको कंकाल देखिएपछि प्रहरीको सहयोगमा पहिचान गरिएको हो । घटनाको पकृतिलाई नियाल्दा लुगा फुकालेर चाँगुभीरबाट हाम्फालेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।
घटना के कारणले हुनगयो भन्ने बारेमा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यलयको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए  ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]