गोरखा जिल्लामा पहिलो पटक पत्रकारिताको पढाई सुरु


YYY
राजेन्द्र न्यौपाने
माघ २२ गोरखा । जिल्लाको सामुदायिक बहुमुखि क्याम्पस द्रव्यशाह बहुमुखि क्याम्पस लक्ष्मीबजार गोरखामा पत्रकारिता विषयको पढाई शुरु हुन थालेको छ उच्च माध्यमिक शिक्षा परिषदको कक्षा ११ मा पहिलो पटक कक्षा सञ्चालन गरिएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताउनुभयो ।

कक्षा ११ मा ४० जना विद्यार्थीहरुले पत्रकारिता विषयको अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अन्य जिल्लाको तुलनामा गोरखा जिल्लामा पत्रकारिताको विकास हुन नसकिरहेको अवस्थामा यस क्याम्पसले शुरु गरेको पत्रकारिताको पढाई व्यवहारिक प्रयोजनका लागि काम लाग्ने पत्रकारिता क्षेत्रमा काम गर्दै आएका पत्रकारहरुको भनाई छ ।

जिल्लामा सञ्चार संस्थाहरुको विकास हुँदै जाँदा दक्षजनशक्तिको अभाव भैरहेको समयमा यो विषयको अध्ययापन गराउन सान्दर्भिक हो भन्नुहुन्छ प्राध्यापक रुद्र पोखरेल ।

जिल्लामा नै पहिलोपटक पत्रकारिता विषयको पढाई शूरु भएको हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछिको चौंथो अंगको रुपमा रहेको पत्रकारिताबाट सत्य, तथ्य, निश्पक्ष समाचार लेखेर त्रुटी औंल्याई सचेत गराउने काम गरिन्छ ।

द्रव्यशाक क्याम्पसको शिक्षाले आगामि दिनमा जिल्लामा पत्रकारिता क्षेत्रमा थप दक्ष जनशक्ति निर्माण हुने अपेक्षा गरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]