देशैभर माओवादीका रातो पोशाकधारी दस्ता


YYY


२० चैत्र, काठमाडौं । एकीकृत नेकपा माओवादीले जेठ १४ पछि गर्ने भनिएको जनविद्रोह सफल पार्न गठन गरेको नयाँ युवा संगठन ‘जनस्वयमसेवक दस्ता’ सार्बजनिक गरेको छ । बाइसीएल विघटनको माग भइरहेका बेला माओवादीले स्थायी समिति सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा जनस्वयमसेवक दस्ता गठन गरेको हो ।

आइतबार राजधानी लगायत देशभर र्‍याली निकालेर माओवादीले जनस्वयमसेवक दस्ता सार्बजनिक गरेको हो । जनस्वयमसेवक परिचालन संयन्त्रको आयोजनामा काठमाडौंको बसन्तपुरबाट सुरु भएको र्‍याली बिभिन्न स्थानमा मार्चपास गर्दै शान्ति बाटिका पुगेर सम्पन्न भएको थियो । मार्चपासमा एकैखाले पोशाक लगाएका करिव एक हजार माओवादी युवा कार्यकर्ता सहभागी थिए ।
विभिन्न वर्गिय संगठनहरुले छुट्टा छुट्टै आन्दोलन गर्दा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै माओवादीले सबै संगठनका युवाहरुको नेतृत्व गर्ने गरी जनस्वयमसेवक दस्ता बनाएको हो । यसमा वासीएल, मजदुर, महिला र विद्यार्थी संगठनका युवाहरु आवद्ध हुनेछन् । स्रोतका अनुसार माओवादीले जनस्वयमसेक दस्तामा पाँच लाख युवालाई आवद्ध गराउने तयारी गरेको छ । जनस्वयमसेकले सोमबारबाटै देशका विभिन्न स्थानमा विकास निर्माण तथा पुनः निर्माणको काम थाल्ने जनस्वयमसेवक परिचालन संयन्त्रका सदस्य युवराज चौलागाईले जानकारी दिए । ‘पार्टीले जनस्वयमसेबकको काम उत्पादन, विकाश र जनसुरक्षा तोकिएको छ’अनलाइनखबरसँग कुरा गर्दै चौलागाईले भने-’देशको निकास जनविद्रोहबाट मात्रै हुने अबस्था आए जनस्वयमसेकले जनविद्रोहको पनि नेतृत्व गर्छ ।’

जनस्वयमसेवकको केन्द्रदेखि बडा तहसम्म आफ्नै छुट्टै संरचना छ । केन्द्रमा सरकारको परिचालनका लागि स्थायी समिति सदस्य विप्लवको संयोजकत्वमा केन्द्रीय सदस्यहरु रहेको १० सदस्यीय व्युरो गठन गरिएको छ । त्यसको मातहतमा ५६ सदस्यीय जनस्वयमसेक परिचालन संयन्त्र गठन गरिएको छ । यसैगरी पाँचवटा क्षेत्रीय, १३ बटा राज्य समिति र त्यसपछि जिल्ला समितिदेखि वडा तहसम्म छुट्टै संगठनिक रहने छ । ‘अहिले हामी विस्तारकै क्रममा छौं’ चौलागाइले भन्नुभयो-’हाम्रो वडा तहसम्म आफ्नै संरचना रहनेछ, जसको केन्द्रमा नेतृत्व व्युरोले गर्नेछ ।’

उहाँले यसलाई नयाँ संगठन भन्दा पनि विभिन्न संगठनमा आवद्ध युवाहरुको संयोजनकारी भूमिका खेल्ने संयन्त्र भन्नु उपयुक्त हुने तर्क गर्नुभयो । राज्यले युवाहरुलाई संगठित गर्न नसकेको काम आफुहरुले गर्न लागेको भन्दै उहाँले यसको विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो । ‘२००७ सालमा कांग्रेसले पनि जनस्वयमसेवक बल गठन गरेको थियो’ चौलागाईको भनाई थियो-’अहिले त्यही काम माओवादीले गर्दैमा शंकाको दृष्टिले हेर्नु हुँदैन ।’
onlinekhabar

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]