संविधान नबन्नुमा नयाँ र पुरानो शक्तिबीचको सङ्घर्ष


YYY


काठमाडौँ २३ चैत्र । एकीकृत नेकपा माओवादी का वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणुले संविधान बनाउने वा नबनाउने भन्ने विषयमा पुराना र नयाँ शक्तिबीच वर्ग सङ्र्घष चलेको बताउनु भएको छ ।

उपाध्यक्ष किरणले आज यहाँ सुशील गौतमद्वारा लिखित इतिहासको मझधारमा उभिएरु नामक निबन्ध सङ्ग्रहको सार्वजनिक गर्दै पुराना शक्ति र यथास्थितिवादीहरुले संविधान बनाउन नचाहेको भन्दै दुईवटा शक्तिबीच सङ्र्घष गर्नु परेको बताउनु भएको हो ।

उहाँले सबै जाति वर्ग र समुदायका जनताको भावना समेट्ने गरी संविधान बनाउनुपर्नेमा जोड दिँदै संविधान निर्माणमा अवरोध खडा गरिए आफ्नो पार्टी त्यसविरुद्ध संर्घषमा उत्रने बताउनुभयो ।

उहाँले भन्नुभयो – माओवादी इमान्दारका साथ शान्ति र संविधानका लागि लडिरहेको छ र सेना समायोजन गरेर जनताको संविधान बनाउन कि्रयाशील छ ।

डा. गोविन्द पौडेल कवि अमर गिरी र एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेलले उक्त निबन्ध सङ्ग्रहको समीक्षा गर्नुभएको थियो ।
रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]