पराजित भए पनि कोरियासँग नेपालको उत्कृष्ट प्रदर्शन


YYY


काठमाडौं, चैत २६ एएफसी च्यालेन्ज कप अन्तर्गत छनौट चरणको फुटबल प्रतियोगितामा उत्तर कोरियाली टोलीसँग नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि पराजय व्यहोरेको छ। ९० मिनेटको निर्धारित खेलमा विश्वकप सहभागी उत्तर कोरियाली टोलीसँग एक गोल खाए पनि नेपाली खेलाडीहरुले राम्रो चुनौती दिन सफल रहे।

कोरियाले ३० मिनेटमा गरेको गोलविरुद्ध गोल फर्काउन नसके पनि कोरियाली खेलाडीका आक्रमणलाई नेपाली खेलाडीले निस्तेज पारिदिए। जोन इल ग्वाङ पोसले ३० औं मिनेटमा कोरियाका लागि एक मात्र निर्णायक गोल गरेका थिए। खेलको दोश्रो हाफमा नेपाली खेलाडीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्ने प्रयास भने सफल हुन सकेनन्। ७९ औं मिनेटमा जगजित श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको नेपालले कोरियाली पोस्टमा बलियो आक्रमण भने गर्न सकेन।

पहिलो खेलमा बिहीबार अफगानिस्तानलाई पराजित गरेको नेपालले अब आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नेछ ।दिउँसो साँढे ३ बजे दशरथ रंगशालामा सुरु भएको खेल हेर्न नेपाली दर्शकहरुको बाक्लो उपस्थिति थियो। विश्व बरियतामा १ सय १३ औं स्थानमा उत्तर कोरिया दक्षिण अफ्रिकामा भएको विश्वकपमा पनि खेलेको थियो।

एएपसीकै अर्को खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको छ। अफगानिस्तानले श्रीलंकालाई एक गोलले पारजित गरेको हो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]