जय धादिङ


YYY

शिवहरी खतिवडा ,
कल्लेरी, धादिङ ।


धादिङ छोडेको पनि महिनौं भएछ । हुन त मैले धादिङ छोडेर कुनै विदेश गएको होईन तर पनि मलाई आफ्नो जिल्ला छोड्दा ठूलै कुरा गुमाएको जस्तो भान भैरहेको छ । आज एकाएक एकान्तमा बसेर मौन भएर सोच्दा मैले मेरै धादिङलार्इ नै सम्झिरहेको हुन्छु । आखिर मलार्इ मेरो धादिङले के पो दिएन न र? मेरो आमाले जन्मदिएपछि हुर्काएर बढाएर पढाएको नै मेरै धादिङले न हो । धादिङको कुना कुना कन्दरा अनि पहरा सबै मेरो लागि खेलौना बनेको थियो । आज मलार्इ त्यही सम्झनाले सताइरहेको अवस्था छ ।

मेरो सम्झनामा हुन्छ आखिर मेरो धादिङजस्तो यो अनकन्तार काठमाडौंमा कहाँ पो छ र? धादिङ अर्थात मेरो जिल्ला जहाँ विरानो मान्छे आफ्नो हुने गरेको थियो । कहिल्यै नचिनेको मान्छे पनि दुइदिनको उठबसमा आफ्नो मान्छे हुने गरेको थियो तरअफसोच यहाँ त आफ्नो मान्छे विरोनो हुने रहेछन चिनेकैले जीन्दगीमा ठूलो कुठाराघात गर्दा रहेछन अनि विरानो मान्छे कहिल्यै आफ्ना हुँदा रहेनछन् । हुन पनि आफ्नै मान्छे आफ्नो हुँदैन भने अरुको पो के भर र । यस्तो पिडामा मुछिएर बस्नुपर्दा मलार्इ एक मनले त फेरी आफ्नै जिल्ला फर्केर जाउँ जस्तो लाग्छ तर पनि मन सम्मालेर बसेको हुन्छु । अर्को मनले सोच्ने पनि गर्दछु कि मैले मेरो जिल्ला छोड्दा आफ्नो माता पिता र समाज पो छोडेको छैन त । मेरो केही आफ्ना मान्छे त मैले अवस्य गुमाएकै छु नि तिनीहरुको लागि पनि मैले केही सोचेर मात्रै जिल्ला र्फकनु उपयुक्त होला । त्यही सोचको लागि आज मैले यो विरानो राजधानीमा विरानो संघर्ष गरिरहेको छु । थाहा छैन त्यो कुरा मैले कहिले पाउँछु र कहिले म फेरी र्फकन पाउँछु मरेा धादिङ ।

साच्चै धादिङ, ति सम्म सल्यान्टार साथीहरु संगै जाँदा खाल्टेको चमेरे गुफा, कोहीको गुफा चढ्न नसक्दाको रुवाबासी तथा कोही हराएर चलेको रुवाबासीको घटना आफैँमा दुखि भएपनि मेरो सम्झानाको लागि अझै ताजा घटना बनेको छ । त्यसैगरी सानामा गोठालो जाँदा खेल्ने गरेको गुप्तेश्वरी गुफा कलेज पढदा साथीहरुसंग जिस्कदै जिस्कदै पुगेको नलाङको सिद्धलेक, एउटा दुखि घटनाको सुखी रिपोर्टिङको लागि पुगेको विकट चेपाङ्गबस्ती, एउटा संस्थाको सहयोगमा देखेको उत्तरी धादिङको यथार्थ चित्र, अनि बेलाबेला हितैषी साथीहरुको माझमा घुम्ने गरेको नागबेली धादिङबेसी बजारको दृष्य अहिलेपनि मेरो आखाँमा ताजै छ । उता खेति किसानको तरकारी कुहियो भन्दै धादिङको थात्रे आदमघाट बेनिघाट लगायतका स्थानका कृषकहरुसंग गरेको साक्षात्कार मेरो मनमस्तिष्कबाट कहिल्यै हराउन सक्दैन ।

हुन त केही समय मिलाएर अहेलपनि धादिङ जाने गरेको हुँ, तर दुर्भाग्य ति अगाडीका दिनहरु अब मेरो जीवनमा कहिल्यै आउँने छैनन । त्यो राम्रो होस वा नराम्रो । हुन पनि टुकीको छायामा परेको जिल्ला छ मेरो । राजधानी देखी राजधानी बाहिरसम्मका सबै कार्य मेरो धादिङकै भूमिमा टेकेर हुने गरेको छ । तर प्रचारमा मेरै जिल्ला पछाडि छ, विकासमा त्यस्तै कछुवाको ताल छ । तर जहाँ जे भए पनि म मेरो धादिङलाई माया गर्दछु । म ति सुन्दर गणेश हिमाललाई माया गर्दंछु, अनि ति सुन्दर सितलता दिने सिद्धलेकलाई माया गर्दछु । र जीन्दगीमा पहिलो पुगेको ति सुन्दर भैरवी डाडालाई माया गर्दछु । ति त्रिशूली तथा थोपलमा पौडी खल्न जाँदा खाएको पानीको माया गर्दछु र अन्त्यमा म मेरो धादिङलाईमा माया गर्दछु , आई लभ यु धादिङ !

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]