धादिङ् प्रशासनमा नागरिकता लिनेको भीड


YYY

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता बनाउने सर्वसाधारणको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले यसअघि सरदर दैनिक २० देखि २५ वटासम्म मात्र नागरिकता वितरण गरिँदै आएकामा हाल १५० को हाराहारीमा नागरिकता वितरण हुने गरेको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले गाउँ-गाउँबाट मतदाता परिचयपत्र वितरण गर्ने कार्य थालेपछि एकसाता यता नागरिकता बनाउन आउनेको संख्या बढेको कार्यालयले जनाएको छ ।

आयोगले नागरिकता विना मतदाता परिचयपत्र नदिने बताएपछि हराएका तथा बिगि्रएका र नयाँ नागरिकता लिने सर्वसाधारण बढेका हुन् ।

परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट -एआरपी) बनाउन नागरिकता प्रमाणपत्रको प्रमाणिकरण गर्नुपर्ने भएकाले पनि सर्वसाधारणको भीड देखिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

जिल्लाका विभिन्न गाउँबाट आएका सर्वसाधारणको लामो लाम हुने भएपछि कार्यालयले अबेरसम्म पनि काम गर्ने गरेको छ ।
रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]