होमनाथ सुवेदी स्मृती पुरस्कार मिश्रलाई


YYY

काठमाडौ, चैत्र २५ - यसबर्षको पण्डित होमनाथ सुवेदी स्मृती पुरस्कार तनहुँका युवा साहित्यकार डिल्लीराम मिश्रलाई प्रदान गरिएको छ ।

राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच साहित्यकार मिश्रलाई दश हजार रुपयाँ राशीको उक्त पुरस्कार प्रदान गरेका हुन् । 'युवा बर्ष मोती पुरस्कार सर्जक र सिर्जना' नामक कृतिका लागि मिश्रलाई पुरस्कृत गरिएको हो ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा मन्तव्य दिंदै राष्ट्रपति डा. यादवले मिश्रको कृतिले नेपाली भाषा, साहित्यको श्रीबृद्धिमा मलजल गर्ने अपेक्षा लिएको बताए । कार्यक्रममा अन्तरराष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी, डा. देवीप्रसाद सुवेदी र त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक वासुदेव त्रिपाठीले पण्डित सुवेदीको योगदानको चर्चा गर्दै पुरस्कृत ब्यक्तित्व मिश्रलाई शुभकामना दिएका थिए । लमजुङ्को खुदी निवासी स्व. सुवेदीको स्मृतिमा हरेक बर्ष साहित्यिक पुरस्कार प्रदान गरिंदै आएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]