अनेरास्वबियुको कार्यक्रममा प्रधानमन्त्री किन गयल ?


YYY
२३ चैत्र, काठमाडौं । दिनमा ५-६ बटा उद्घाटन तथा भाषणको कार्यक्रममा पुग्ने प्रधानमन्त्री झलनाथ खनाल आफ्नै पार्टी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रमुख अतिथी बनाएर बुधबार गरेको कार्यक्रममा भने उपस्थित भएनन् ।

अनेरास्ववियुले खनालको प्रमुख आतिथ्यमा जेठ १४ मा संविधान बन्द कसरी ? बन्दैन किन ? भन्ने विचार गोष्ठी आयोजना गरेको थियो । तर, अन्तिम समयमा आएर ‘नभ्याउने’ भन्दै कार्यक्रममा नआउने सूचना दिए आयोजकलाई । प्रमुख अतिथी विना नै कार्यक्रम सम्पन्न गरियो । ‘हामीले १० दिनअघि नै निम्तो दिएका थियौं, प्रधानमन्त्रीको सचिवालयले पनि समय मिलाउँछौं भनेको थियो’ उपाध्यक्ष भिम राईले भने-’अन्तिम समयमा टाइम भएन भन्ने खबर आयो ।’

खनालले नभ्याउने बताएको भएपनि कार्यक्रमलाई असफल बनाउन प्रधानमन्त्री खनाल पक्षले राम्रै कसरत गरेको तथ्य अनलाइनखबरले फेला परेको छ ।

कार्यक्रममा आउँछु भनेको भएपनि खनाल र उनका सहयोगीहरु त्यहाँ नजानेमा पहिले नै ढुक्क थिए । त्यतिमात्र हैन, एमालेको संस्थापन पक्षले त्यहाँ जाने निश्चीत भइसकेका अन्य नेताहरुलाई समेत फोन गरेर नजान आग्रह गरेको बुझिएको छ ।

स्रोतका अनुसार संस्थापन पक्षले कार्यक्रममा आउने तय भएका कांग्रेस र फोरमका नेताहरुलाई समेत फोन गरि कार्यक्रममा ‘लफडा’ हुने भएकाले नजान आग्रह गरेका थिए । जसले गर्दा प्रमुख अतिथि बनाइएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री खनाल त आएनन नै, अन्य दलका शीर्ष नेताले पनि अन्तिम समयमा आएर आउन नसक्ने सूचना दिए ।

कार्यक्रममा संवैधानिक सभापतिका निलाम्वर आचार्य, कांग्रेसका डा. रामशरण महत, माओवादीका दिनानाथ शर्मा लगायतका नेताहरु सहभागी भए । आखिर किन लाग्यो त खनाल पक्ष आफ्नै भातृ संगठन बिद्यार्थीको कार्यक्रम असफल पार्न ?

अनेरास्ववियुको अध्यक्षमा केपी शर्मा ओली पक्षका माधव ढुङ्गेल निर्वाचित भएपछि असन्तुष्ट बनेका खनाल नियतबस नै नगएका हुन् । स्रोतका अनुसार आफ्ना पक्षका उपाध्यक्ष नविना लामा समुहले बहिस्कार गरेको कार्यक्रममा ‘लफडा’ हुन्छ भन्दै खनाल नगएका हुन् ।

कार्यक्रममा खनाल निकटका उपाध्यक्ष नविना लामा पक्षधरको पनि उपस्थिति थिएन । उपाध्यक्ष लामाले भनिन्-’हामीसँग सहमति नगरी गरिएको कार्यक्रममा हामी जाने कुरै आउँदैन ।’

जनकपुरमा सम्पन्न २० औं राष्ट्रिय सम्मेलनसँगै अनेरास्ववियु संस्थापन र केपी शर्मा ओली पक्षमा विभाजित छ । संस्थापन पक्षको नेतृत्व उपाध्यक्ष नविना लामाले गरेकी छिन् भने केपी शर्मा ओली पक्षका अनेरास्ववियु अध्यक्ष माधव ढुङ्गेल छन् । विधान र जिम्मेबारी बाँडफाँडमा कुरा नमिलेपछि अल्पमतमा रहेका लामा समुहले विभिन्न स्थानमा समानान्तर कमिटी समेत गठन गरेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]