सरकार जन्मिँदै अपाङगः गच्छदार


YYY

२७ चैत, वीरगन्ज । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले झलनाथ खनाल नेतृत्वको वर्तमान सरकार जन्मिँदै अपाङग भएको बताउनु भएको छ ।

आइतबार बिहान वीरगन्जमा आयोजित पत्रकार भेटघाटमा गच्छदारले झलनाथ सरकार गठन भएदेखि नै विवादको घेरामा परेको दावीसमेत गर्नुभयो ।

गठन भएको दुइ महिना बितिसक्दा पनि सरकारले शान्ति र संविधान लेखन कार्य अगाडि बढाउने विषयमा एकरत्ति काम नगरेको आरोप गच्छदारले लगाउनु भयो । जेठ १४ मा संविधान जारीनहुने तथा आफूहरु संविधानसभाको म्याद थप्न नदिने उहाँको भनाई थियो ।

गच्छदारले माओवादी लडाकाको मात्रै छुट्टै फोर्स बनाईए त्यो आफुहरुलाई कदापि मान्य नहुने जिकिर गर्नुभयो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसीको नाम बेचेर सरकारमा जान खुट्टा उचालेको आरोप गच्छदारको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]