भारतीय टिमले पाएको विश्वकप ट्रफी नक्कली भएको शंका


YYY
मुम्बई, भारत, चैत २१ (एजेन्सी)-शनिबार श्रीलंका विरुद्ध छ विकेटको जित हात पारेपछि भारतीय क्रिकेट टिमले पाएको विश्वकप ट्रफी नक्कली हुन सक्ने शंका गरिएको छ। अंग्रेजी समाचारपत्र मेल टुडेको रिपोर्टलाई उदृत गर्दै भारतीय समाचारपत्र अमरउजालाले उल्लेख गरे अनुसार विश्वकपको सक्कली ट्रफी भने भन्सार विभागले जफत गरी राखेको छ।

ट्रफी सुन र चाँदीबाट बनाइएको छ र यसमाथि आइसिसीको लोगो पनि छ। यसको मूल्य ९६ लाख (६० लाख भारतीय) रुपैयाँ रहेको छ। यसमाथि ३५ लाख २० हजार (२२ लाख भारतीय) रुपैयाँ भन्सार महसूल बाँकी छ। त्यसैले विजेता टिमलाई दिइएको ट्रफी नक्कली हुन सक्ने बताइएको छ।
मुम्बईमा भएको फाइनलको एक दिन अघि भन्सार कर्मचारीले यस ट्रफीलाई जफत गरेका थिए। भन्सार अधिकारीका अनुसार कोलम्बोबाट एक महिला अधिकारीले उक्त ट्रफी लिएर आएकी थिइन्। तर विमानस्थलमा भन्सार अधिकारीहरूले ट्रफीमा सुन चाँदी जडान भएकोले त्यसको भन्सार शुल्क लाग्ने बताएका थिए।

भन्सार शुल्क तिरेपछि मात्र उक्त ट्रफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई बुझाइने उनीहरूले बताएका थिए। तर तीन दिन बितिसक्दा पनि आइसिसीका कुनै अधिकारी भन्सार कार्यालय पुगेनन्। त्यसैले विजेता टिमलाई दिइएको ट्रफी नक्कली भएको हुन सक्ने आशंका समाचारपत्रले गरेको छ।

आइसिसीले यसलाई अस्वीकार गरेको छ। उसले विजेता टिमलाई दिइएको ट्रफी सक्कली भएको दावी गरेको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]