विश्वकपमा अब १० राष्ट्रमात्र


YYY


मुम्बई,(एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आउने दुई विश्वकपमा १० टोलीको मात्र सहभागिता रहने निर्णय गरेको छ। ५० ओभरमा आधारमा खेलाइने विश्वकपको आउँदो संस्करण सन् २०१५ अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्नेछन् भने २०१९ को विश्वकप इङ्ल्यान्डमा हुनेछ।


आइसिसीका प्रमुख कार्यकारी अधिकृत हारुन लोर्गाटले १९९२ यताको प्रतियोगिता खेलाइने पद्दतिमा परिवर्तन गरिने संकेत गरे, जहाँ लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् र त्यसमा शीर्ष चारभित्र पर्ने टोलीले सेमिफाइनल प्रवेश पाउने छन्।

शनिबार सम्पन्न १०औं विश्वकपमा १४ राष्ट्रले भाग लिएका थिए। सहभागीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोबिनका आधारमा खेलाइएको थियो। समूहका शीर्ष चार टोली क्वार्टरफाइनलमा पुगेका थिए। पछिल्ला दुई विश्वकपमा हलचल मच्चाएको आयरल्यान्डले आउँदो संस्करण गुमाउने भएको छ।

यसको क्षतिपूर्तिस्वरुप ट्वान्टी-२० विश्वकपमा १६ राष्ट्रलाई समावेश गराइने छ। जसमा १० पूर्ण सदस्य र ६ एसोसिएट राष्ट्र हुने छन्। ट्वान्टी-२० विश्वकप हरेक दुई वर्षमा हुँदै आएको छ।

२०१९ को विश्वकपपछि भने बढुवा र रेलिगेसन प्रणाली प्रयोगमा ल्याइने सम्भावना छ। त्यसले एसोसिएट राष्ट्रलाई विश्वकप खेल्ने सम्भावना दिलाउने छ। तर २०१५ को विश्वकपमा भने पूर्ण सदस्य १० राष्ट्रले मात्र भाग लिन पाउने छन्।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]