विश्वकप ट्रफी दुबई पुग्यो


YYY
नयाँ दिल्ली, भारत, चैत २६ (एजेन्सी)- विश्वकप ट्रफीलाई लिएर भन्सार विभाग र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ) विच उत्पन्न बिबाद एवं विश्वकप क्रिकेट विजेता भारतीय टिमलाई कुन ट्रफी दिइएको भन्ने बिबाद अब समाप्त भएको छ। उक्त ट्रफीलाई बिहिबार राती २ बजेर ४५ मिनटको नेपाली समयको उडानबाट एक आइसिसी अधिकारीले लिएर दुबई गएको मुम्बईको छत्रपति शिवाजी टर्मिनलमा तैनाथ भन्सार विभागका एक अधिकारीबाट प्राप्त जानकारीलाई उल्लेख गर्दैै भारतीय दैनिक अमर उजालाले लेखेको छ। अब यो ट्रफी दुबई स्थित आइसिसीको मुख्यालयमा राखिने छ।


चार वर्षपछि २०१५मा अष्ट्रेलिया र न्यूजिल्यान्डमा हुने आगामी विश्वकप विजेतालाई यो ट्रफी दिइने छ। २ अप्रेलमा मुम्बईको वानखेडे स्टेडियममा भारत र श्रीलंका विच भएको विश्वकप क्रिकेट प्रतियोगिताको २४ घन्टा अघि कोलम्बोबाट ल्याइएका ट्रफीलाई सहारा विमानस्थलमा भन्सार विभागका अधिकारीले भन्सार महसुल नबुजाएका कारण जफत गरेका थिए। बिसिसिआइका एक अधिकारीबाट प्राप्त जानकारी अनुसार कोलम्बोबाट ल्याइएको यस ट्रफीलाई अर्को दिन विहान ११ बजे तिर विमानस्थलबाट सोझै वानखेडे स्टेडियममा ल्याएर पूरा म्याचका क्रममा यसलाई प्रदर्शनका लागि राखिने कार्यक्रम थियो।

समापन समारोहमा विजेता टिमले आइसिसीका अध्यक्षको हातबाट ट्रफी प्राप्त गरेर फोटो सेसन गर्ने कार्यक्रम थियो। तर यस्तो हुन सकेन। किनभने ट्रफी विमानस्थलमै रह्यो। पछि विजयी भारतीय टिमले सक्कली ट्रफी फिर्ता गरेर त्यसलाई पुनः आइसिसीको मुख्यालयमा र बिसिसिआईको मुम्बई स्थित केन्द्रिय कार्यालयमा रेप्लिका ट्रफी राखिने कार्यक्रम तय थियो। आयोजकले पछि भारतीय टिमले पाएको ट्रफी सक्कली भएको दावी गरेको थियो।

भन्सार विभागका अनुसार सुन र चादीबाट बनाइएको ११ किलो तौलको यस ट्रफीको मुल्य ९६ देखि १ करोड ४ लाख नेपाली रुपैया अनुमान गरिएको थियो। त्यसको भन्सार महसुल ३६ लाख ८० हजार नेपाली रुपैया तोकिएको थियो। भन्सार विभागबाट जफत गरिएपछि आसिीको कुनै पनि प्रतिनिधि महसुल बुझाउन गएन। २ अप्रेलमा भारतले फाइनल जितेपछि टिमलाई असली अथवा नक्कली कुन ट्रफी दिइयो यसलाई लिएर ठूलो बिबाद भएको थियो। पछि आइसिसी र बिसिसिआई दुबैले यस वारेमा सफाइ दिनु परेको थियो।

आठदिनसम्म यो ट्रफी सहारा विमानस्थलको भन्सार विभागको दावी नभएको सामान राखिने गोदाममा रहेको थियो। तर अनेक प्रयास एवं संचार जगतको हल्लापछि पनि भन्सार महसुल नवुझाइकिन यसलाई वाहिर ल्याउन सकिएन। सुन चादीले बनाइएको विश्वकप ट्रफीलाई एउटा ठूलो बाकस र कपडाले शील गरेर भन्सार विभागको गोदाममा राखिएको थियो। यसको सुरक्षाका लागि भन्सार बिभागलाई वेग्लै सुरक्षाकर्मी तैनाथ गर्नु परेको थियो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]