सदीक्षा नेपाल सुन्दरी


YYY

भदौ १७, काठमाडौं । यस वर्षको मिस नेपाल २०१० को ताज बुधबार राजधानीमा आयोजित एक विशेष समारोहबीच काठमाडौँकी १९ वर्षीय सदीक्षा श्रेष्ठलाई पहिर्‍याइएको छ । मिस नेपाल श्रेष्ठलाई सो ताज पूर्व मिस नेपाल जेनिसा मोक्तानले पहिर्‍याउनुभएको थियो ।

मिस फोटोजेनिक, मिस पर्सनालिटी र मिस स्मार्ट वाकको उपाधिसमेत प्राप्त गर्नुभएका श्रेष्ठलाई एक मोटर कारसहित रू. ५० हजार प्रदान गरियो । डावर नेपालद्वारा आयोजित सो प्रतियोगितामा देशभरका १८ युवतीको सहभागिता थियो ।

प्रतियोगितामा काठमाडौँकी २० वर्षीया सहाना वज्राचार्यले फस्ट रनरअप भई रू. ३५ हजार र स्कुटर प्राप्त गर्नुभयो भने सोही जिल्लाकी १९ वर्षीया संयुक्ता तिम्सिनाले सेकेन्ड रनरअप भई रू.२५ हजार प्राप्त गर्नुभयो ।

यस्तै डाबर बाटिका मिस ब्युटिफुल हेयर २२ वर्षीया सुजाता स्वाँर, ब्युटिफुल स्माइल २० वर्षीया अनिता आचार्य र मिस ट्यालेन्ट २२ वर्षीया कुस्माञ्जलि केसीले हात पार्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]