त्रिसुलीमा कार पल्टिँदा दुईको मृत्यु


YYY
धादिङ, चैत २० - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै सडकबाट त्रिशुली नदी किनारमा कार पल्टिँदा आइतबार दिउँसो दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८ च २३४ नम्बरको कार सडकबाट एक सय मिटर तल नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। घाइतेको उपचारका निम्ति काठमाडौं तर्फ पठाइएको छ।

रामेश्वर कार्की
(नागरिक)

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]