नाङ्गै दौडिन पुनमलाई प्रहरीको डर


YYY

भर्खरै भारतले जितेको विश्वकपको चर्चा त छँदैछ, त्योभन्दा बढि चर्चामा छिन भारतीय मोडल पुनम पाण्डे । भारतले विश्वकप जितेमा उसको सम्मानका लागि आफु नाङ्गै दौडने घोषणा गरेकी पुनम अहिले गुमनाम छिन् । श्रीलंकालाई हराउँदै भारतले बिश्वकप त जित्यो तर पुनमको बाचा भने पुरा भएको छैन ।

पुनमलाई अहिले नग्न हुनु भन्दा ठूलो चिन्ता प्रहरीको छ रे । उनले यो कुरा ट्वीटरमार्फत सार्बजनिक गरेकी हुन् । ट्वीटरमा पुनमले यो पनि भनेकी छिन् ‘मेरो कसम अहिले पर्ख र हेरको अबस्थामा छ, त्यसकारण धैर्य गरिदिनु होला ।

भारतीय एजेन्सीका अनुसार नग्न हुँदा प्रहरीले पक्राउ गरी सार्वजनीक मुद्दा लगाउने सम्भावना भएकोले उनी केही समयदेखि गुमनाम छिन् । पुनमले देशका लागि यी समस्या बेहोर्न तयार रहको पनि बताएकी छिन् ।

भारतको माहालीमा भारत र पाकिस्तानबीचको सेमीफाइनल कि्रकेट हुनुअघि पुनमले भारतले जिते आफु खेलाडीका अघि नग्न हुने घोषणा गरेकी थिइन् । अहिले समग्र कि्रकेटका फ्यान र बलिउडकर्मी पुनम कहिले नग्न होलिन् भनेर ब्यग्र प्रतिक्षामा छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]