धादिङमा स्वास्थ्य स्वयम सेविकाहरुको आन्दालन


YYY
नेपाल स्वास्थ्य स्वयम सेवी संघ जिल्ला कमिटि धादिङले विभिन्न १२ शुत्रीय माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । स्वास्थ्य स्वयम सेविकाहरुलाई वर्षमा १०० दिनको रोजगारी बराबरको खर्च दैनिक पारीश्रमिक सहित एकमुष्ट उपलव्ध गराउनु पर्ने, कार्यथलोमा दुर्घटनामा परी घाइते भएमा उपचार खर्च बापत २ लाख सम्म र मृत्यू भएमा राहत स्वरुप दुईलाख रकम उपलव्ध गराउनु पर्ने, स्वास्थ्य स्वयम सेवीकाहरुलाई ५० हजार बराबरको स्वास्थ्य बिमा गरिदिनु पर्ने लगायतका १२ शुत्रिय माग सहित आन्दोलनका कार्यक्रम घोषण गरिएको हो । आज धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी आषाढ २० गते देखि बजेट भाषण नहुँदा सम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र बजेटमा आफ्ना मागहरु सम्बोधन नगरिए स्वास्थ्य स्वयम सेविकाहरुले कामको रिपोर्ट नबुझाउने लगायत आन्दोलनका कार्यक्रमहरु तय गरिएको छ ।

संघले तत्कालको लागि जेष्ठ १८ गते अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाउने, जेष्ठ २६ गते जिल्लाका राजनीतिक दलहरुलाई आफ्नो मागका बारेमा जानकारी गराउने, जेष्ठ ३० गते जिल्ला स्थित विभिन्न कार्यलयहरुमा आफ्नो मागको बारेमा ध्यानाकर्षण गराउने लगायतका कार्यक्रमहरु तय गरेको नेपाल स्वास्थ्य स्वयम सेवी संघ जिल्ला सञ्जाल धादिङकी अध्यक्ष सावित्रा कोइरालाले जानकारी दिनुभयो । संघले आफ्ना सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राख्दै विगत केहि समयअघि देखि आन्दोलन गर्दै आएको छ ।


नारायण सिलवाल
रेडियो बिहानी धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]