यूएईको मम्जार पार्कमा आँधीखोला उर्लेर आयो


YYY

स्याङ्गजाको आँधीखोला कसरी उर्लेर आयो यूएईमा ? सुन्दा अचम्म लाग्न सक्छ तर खोला उर्लेर आएको होईन स्याङ्गजाबासीहरुले लिएर यूएई आएका हुन्, । गत शुक्रवार अप्रिल २९, २०११का दिन दुबई र शारजाहको सीमानामा पर्ने अति रमणीय स्थल मम्जार पार्कमा स्याङ्गजा सहयोग समाज, यूएईले आयोजना गरेको वनभोज कार्यक्रममा आँधीखोला उर्लेर आयो आउँने थिईन मायाँले बोलायो वोलको गित अन्तिम सम्म घन्कीरहयो ।

मादलको ताल अनि साथमा मुरलीको मीठो धुनमा यूएईमा रहेका स्याङ्गजाबासीहरु आँधीखोला उर्लेर आयो आउँने थिईन मायाँले बोलायो भन्ने गीतको भाकामा खुबै नाचे भने अन्य देशका नागरिकहरुलाई पनि नचाए । विहान करीव ११ बजेदेखि देखिएको स्याङ्गजाबासीहरुको चहलपहल साँझको ६ बजेसम्म रहिरहयो् । अबुधावी, शारजाह, दुवई, अलकोज, सोनापुर, अजमान, अलऐन लगायत अन्य स्थानबाट वनभोज स्थलमा १५० भन्दा बढी स्याङ्गजाबासीहरुको उपस्थिति रहेको थियो ।

गाउँ, बेसी, शहर र एकै जिल्लाका ब्यक्तिहरुको यति ठूलो जमघट भएको कहिल्यै देखिइएको थिएन, सोही समाजका अबुधावी क्षेत्रीय समितिका उपाध्यक्ष बालकृष्ण शर्माले बताए । उनी आˆनो कक्षासाथीको यूएईमा पहिलो भेटले दंग थिए, यूएई हैन नेपालमा नै छौ जस्तो लागेको बताए । यस्तै अन्य स्याङ्गजाबासी दाजुभाइ तथा दिदीबहिनीहरुले पनि यस्तै महशुस गरे । आ-आˆनो स्थानबाट परिचय दिंदा एकै गाउँको नाम आउँदा दंग थिए । यस्तो मौका जुराइदिएकोमा स्याङ्गजा सहयोग समाज, यूएईलाई सबैले धन्यवाद दिए । नयाँ साथीहरु पहिलो पटक उक्त पार्कमा आउँदा अलमलमा परिरहेको र आयोजकहरु उनीहरुलाई उक्त स्थानमा ल्याउनको लागि लागीपरेको दृश्य अन्तिम सम्म रहिरह्यो ।

स्याङ्गजाबासीहरुले रमाईलो मात्र गरेनन् आˆनो जिल्लाबाट यूएईमा आई ब्यवसाय गर्ने ब्यक्तिहरु र नेपाली कला संस्कृतिलाई विश्वभर चिनाउँन सफल कलाकारहरुलाई सम्मान पनि गरे । यूएईमा आˆनो निजी ब्यवसाय सञ्चालन गर्ने काठमाण्डौ हाईल्याण्ड रेष्टुरेण्टका संचालक ईन्द्र काˆले तथा सनराईज टे्रडिङ्ग एलएलसीको नामले नेपाली कपडा पसल सञ्चालन गरिरहेका होम रानाभाट तथा कलाकारहरु, दूर्गा गुरुङ्ग, शकुन्तला थापा, सुनिता परियार, पोम नारायण सापकोटा, सन्तोष पौडेल, विष्णु भाट, नेत्र भण्डारी तथा याक एण्ड यतीज लोक दोहोरी साँझका सञ्चालक राजु गिरी लाई एनआरएन एनसीसी यूएईका अध्यक्ष सीएम ढकाल, लुम्बिनी वेलफेयर सोसाइटी, यूएईका अध्यक्ष डीएल शर्मा तथा समाजका अध्यक्ष चन्द्र रोकाहाले सँयुक्त रुपमा खादा ओढाई सम्मान गरे ।

नयाँ बर्ष वि. सं. २०६८ को अवसर पारेर स्याङ्गजा जिल्लाका विभिन्न स्थानबाट रोजीरोटीको लागि प्रवासमा आएका स्याङ्गजाबासीहरु साथै उपस्थित सबैले परिचयका साथ शुभकामना आदानप्रदान गरेका थिए भने अतिथिहरु, एनआरएन एनसीसी यूएईका अध्यक्ष सीएम ढकाल, लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष डीएल शर्मा, समाजसेवी रविन्द्र पौडेल, नेपाली समाज यूएईका कोषाध्यक्ष तथा जनप्रगतिशील मञ्चका मधुकर बेलवासे आदि वक्ताले शुभकामना ब्यक्त गर्दै स्याङ्गजा सहयोग समाजले भविष्यमा अझै प्रगति तथा आˆनो जिल्लाको विकासको लागि उदाहरणीय कार्य गर्न सफल होस् र यूएईका अन्य संघसंस्थाहरुसँग पनि हातेमालो गर्दै जाओस् भन्ने भनाई राखेका थिए ।

साँझपख लोकदोहोरी गायिका दूर्गा गुरुङ्ग, शकुन्तला थापा, सुनिता परियार तथा स्याङ्गजाली ठिटाहरुको दोहोरी गीतमा कार्यक्रम संयोजक तथा स्याङ्गजा सहयोग समाजका अध्यक्ष चन्द्र रोकाहा तथा उनकी श्रीमती अर्चना बस्नेत -रोकाहा) को नृत्यबाट शुरु भएको सांस्कृतिक कार्यक्रममा अन्य स्याङ्गजाबासीहरु पनि कम्मर भाँची भाँची नाचे ।

स्याङ्गजा सहयोग समाज केन्द्रीय समिति तथा सो अन्तर्गत रहेका क्षेत्रीय समितिका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको वनभोजमा उपस्थित सम्पूर्णले खाद्य परिकारको खुलेरै प्रशंसा गरे । घरमै तयार पारिएको अचार, मासु, सलाद, चुकाउनीले सबैको मुख रसाई दिएको थियो ।

कार्यक्रमको अन्तमा अध्यक्ष रोकाहाले स्याङ्गजा सहयोग समाज यूएईको आव्हानमा गरिएको यस वनभोज कार्यक्रममा आएर भव्य रुपमा सफल पारिदिने अतिथिगण, सम्पूर्ण स्याङ्गजाबासी दाजुभाई तथा दिदीबहिनीहरुका साथै दिनरात खटेर कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]