सापकोटालाई मन्त्री बनाएकोमा राष्ट्रसंघको आपत्ति


YYY

सशस्त्र द्वन्द्वकालमा मानवअधिकार उल्लंघनको आरोप लागेका एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटालाई मन्त्री नियुक्त गरेकोमा राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको नेपाल कार्यालय (ओएचसीएचआर)ले आपक्ति जनाएको छ ।

‘वर्षौदेखि न्यायको खोजीमा रहेका मानव अधिकार उल्लंघनका पीडितहरुप्रति सापकोटाको नियुक्ति’ अपमान भएको भन्दै ओएमसीएचआरले बिहीबार विज्ञप्ती जारी गरि भत्र्सना गरेको छ । ओएचसीएचआर प्रमुख ज्योति साङहेराले भन्नुभएको छ-’नियुक्तिको निर्णयले नेपालमा दण्डहिनताको सस्कृतिलाई बढवा दिएको छ ।’

सन् २००५ मा अर्जुनबहादुर लामाको माओवादी अपहरणपछि भएको हत्यामा सापकोटाको संलग्नता रहेको आरोप लागेको छ । यद्यपी सापकोटाले अस्वीकार गर्दै आउनु भएको छ । ‘म क्षेत्रिय इन्चार्ज रहेको जिल्लामा घटना भएको थियो । त्यसकारण केहि स्थानिय मानवअधिकारकर्मीहरुले हत्यामा मलाई दोषी मानिरहेका छन्,’ सापकोटाले अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीसँग भन्नुभयो-’लामाको हत्यामा मेरो कुनै संलग्नता छैन र मैले यस्तो कुनै आदेश पनि दिएको छैन । म माथिको आरोप कपोकल्पित र राजनीतिकरुपमा पुवाग्राही छ ।’

सन् २००६ मा माओवादी जनयुद्वको समाप्तीपछि सर्वोच्च अदालतले प्रहरीलाई सापकोटालगायत अन्य पाँच अभियुक्तविरुद्व मुद्दा दायर गरी कारबाही चलाउन दिएको आदेश अझै कार्यान्वयन भएको छैन । लामा हत्यामा सापकोटाको संलग्नता रहे-नरहेको बारेमा आवश्यक छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन ओएचसीएचआरले सरकारलाई आग्रह गरेको छ । बुधबार भएको मन्त्री परिषद विस्तारमा सापकोटा सञ्चारमन्त्रीमा नियुक्त हुनु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]