रोनाल्डोको सर्बाधिक गोलकर्ताको किर्तिमान


YYY

८ जेठ, काठमाडौं । रियल मडि्रडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा एकै सिजनमा सर्बाधिक गोलकर्ताको किर्तिमान कायम गरेका छन् ।

पोर्चुगाली स्ट्राईकर रोनाल्डोले ला लिगाको यस सिजनमा मात्र ४० गोल गरेका छन् । यस अघि एकै सिजनमा ३८ गोल गरेर मडि्रडकै हृयुगो स्यान्चेज र एथलेटिक बिलबाओका स्ट्राइकर टेल्मो जारा ले किर्तिमान कायम गरेका थिए । स्यान्चेज र जाराले क्रमशः १९८९ ⁄९० र १९५९⁄६० को सिजनमा ३८ औं गोल गरी सर्वाधिक गोलकर्ता बनेका थिए ।

ला लिगामा शनिबारराति सम्पन्न खेलमा रियल मडिड्रले अल्मारियालाई ८-१ गोल अन्तरको एकतर्फी नतिजामा हराउने क्रममा रोनाल्डोले व्यक्तिगत २ गोल गर्दै किर्तिमान कायम गरका हुन् ।

खेल सुरु भएको ४ मिनेटमै एलोन्सोले गरेको लामो प्रहारलाई रमोसले हेड गरी दिएको बललाई रोनाल्डोले अति नै आकर्षक शैलीमा गोलमा परिणत गरेका थिए । त्यस्तै, ७७ औं मिनेटमा दोश्रो गोल गर्दै रोनाल्डोले गोलको बर्षालाई निरन्तरता दिएका थिए । रियलको जितमा इमानुयल एडेबयरले ३, करिम बेन्जेमाले २ र जोसेलुले १ गोलको योगदान गरेका थिए ।

‘एउटै सिजनमै यति धेरै गोल गर्नु निकै गाहृो कुरा हो’ रोनाल्डोले भने–’यसको लागि मैले टिमका साथीहरुलाई धन्यवाद दिनै पर्छ । मेरो रेकर्ड साथी र फ्यान दुबैको लागि हो । सिजनको अन्त्य राम्रो प्रस्तुतीसँग गरेकोमा खुसी लागेको छ ।’

रोनाल्डोले यस सिजनका सबै प्रतियोगितामा गरि कुल ५३ गोल गरेका छन । लिगलाई दोस्रो स्थानमा रहेर सकाएको मड्रिडले यस सिजनमा कुल १ सय २ गोल गर्यो ।

अहिलेसम्म एउटै सिजनमा ५० भन्दा बढी गोल गर्ने खेलाडीहरुमा रोनाल्डो र वार्सिलोनाका स्ट्राइकर लिओनेल मेसी मात्र छन् । ५२ गोल गरिसकेका मेसीले आगामी शनिबार हुने म्यानचेस्टर युनाइटेडविरुद्वको फाइनलमा थप गोल गरे रोनाल्डोसँग बराबरी वा उछिन्ने सम्भावन प्रवल देखिन्छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]