विज्ञान शिक्षकको भेला सम्पन्न


YYY
पेशागत दक्षता अभिवृद्धि तथा हकहितको लागि नीजि तथा सामुदायीक विद्यालयमा अध्यापन गराउने विज्ञान शिक्षकहरुको जिल्ला भेला हिजो धादिङबेसीमा सम्पन्न भएको छ । विज्ञान शिक्षा समाज केन्द्र धादिङले आयोजना गरेको कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्यापनरत विज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो । विज्ञान शिक्षा परिषद धादिङका अध्यक्ष गोकुल सिटौलाको अध्यक्षता र भैरवी उच्च माध्यमिक विद्यालय सुनौलावजारका शिक्षक राजकुमार श्रेष्ठको संयोजनमा भएको भेलाले गोकुल सिटौला अध्यक्ष रहने गरी तदर्थ समिति गठन गरेको छ । ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा दयानीधि बसौला, सचिवमा नारायण राउत र कोषाध्यक्षमा रुद्र अधिकारी चयन हुनुभएको छ । भेलाले आगामी २७ र २८ गते काठमाण्डौमा हुने केन्द्रीय महादिवेशन प्रतिनिधिमा रुद्र अधिकारी, विष्णुप्रसाद रिजाल र दयानीधि वसौलालाई चयन गरेको नवगठित तदर्थ समितिका सचिव नारायण राउतले जानकारी दिनुभएको छ ।

नारायण सिलवाल
रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]