दुर्घटनामा एकको मृत्यु


YYY
६ जेठ, धादिङ् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप लखनपुर गाविस-५ का केशव श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

चितवनबाट काठमाडौँका लागि आउँदै गरेको ना२ख ३०३० नम्बरको ट्रकले रा१प ५२०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । ठक्करदिने ट्रक नियन्त्रणमा रहेपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाको विरोधमा स्थानीय बासिन्दाले बेनीघाट बजारमा सडक अबरुद्ध पारेका छन् । दोषीमाथि कारवाही र पीडितलाई राहत मागगर्दै स्थानीयले यातायतका साधन सञ्चालनमा रोक लगाएका हुन् । प्रहरीले अबरुद्ध यातायत सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ ।

रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]