दुग्ध मेला २०६८ को समापन गरियो


YYY
धादिङमा संचालित् दुग्ध मेला २०६८ सम्पन्न भएको छ । दुग्ध व्यवसायीहरुको पक्षमा विद्यमान नीतिहरु पर्याप्त नभएको र सरकारी तवरबाट पनि उचित सहयोग नपाएको कुरा धादिङबेसीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । धादिङबेसीमा सञ्चालन भएको पहिलो दुग्ध मेला २०६८ को दोस्रो दिन उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् । धादिङ उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति धादिङ र फोकस नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सहइञ्चार्ज रामबहादुर भण्डरी, नेकपा एमालेका कृष्ण अर्याल, धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेल, स्थानीय विकास अधिकारी शंकर नेपाल, उद्योग वाणिज्य संघका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष ध्रुवबहादुर थापा, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभात किरण सुवेदी, मेला संयोजक चन्द्रकान्त अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि, बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधि, दुग्ध उत्पादक कृषकहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ धादिङका सचिव एवम् रेडियो बिहानीका स्टेसन म्यानेजर सुदर्शन खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागि कृषकहरुले राखेको जिज्ञासाको सरोकारवालाहरुले जवाफ दिएका थिए ।

यसैबीच “व्यवसायीक दुध उत्पादन र बजार प्रवद्र्धन, गुणस्तरीय दुध सेवनद्वारा स्वास्थ्य सम्बद्र्धन” भन्ने मूल नाराका साथ सञ्चालन भएको पहिलो दुग्ध मेला २०६८ को पनि सोहि अवसरमा समापन गरिएको छ । अन्तरक्रिया कार्यक्रमको अन्यमा मेला सञ्चालनमा सहयोग गर्ने विभिन्न संघ संस्थालाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।
धादिङ उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति धादिङ र फोकस नेपालले सञ्चालन गरेको मेलामा दुग्धजन्य पदार्थ सहित २० वटा स्टल राखिएको थियो । मेलाको करिव १५ हजार व्यक्तिहरुले अवलोकन गरेको आयोजकले बताएको छ । सो अवसरमा कुल ५ लाख बराबरको कारोबार भएको धादिङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रोत - रेडियो बिहानी धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]