विद्यार्थीलाई नगद सहयोग प्रदान


YYY
नारायण सिलवाल
रेडियो बिहानी, धादिङ


धादिङको पिंडा गाविस २, कर्कलेस्थित सरस्वती माध्यमिक विद्यालयका ४३ जना विद्यार्थीलाई विश्व शिक्षा कार्यक्रम ‘नयाँ बाटो नयाँ पाइला’ अन्तर्गत एक कार्यक्रमका बीच शैक्षिक सामाग्री सहित नगद सहयोग बितरण गरिएको छ । राई र दनुवार समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयमा हिजो विद्यालय पोशाक, १ बर्षको लागी पुग्ने सम्पूर्ण शैक्षिक सामाग्री र जनही नगद २५० सहित सहयोग हस्तान्तरण गरीएको हो । केही समय अगाडी सोहि कार्यक्रम अन्तर्गत अभिभाबहरुको जिबन स्तर उकास्नको लागी ३१ जना अभिभाबकहरुलाई ४५ सयको दरले १ लाख ४८ हजार ५ सय रकम बितरण गरीएको थियो । सहयोग रकम विश्व शिक्षा कार्यक्रमको आर्थिक सहयोग र प्रयास नेपालको साझेदारीमा हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीको प्रमुख आतिथ्य र विश्व शिक्षा कार्यक्रमका संयोजक गोपाल तामाङको विषेश आतिथ्य रहेको थियो । कार्यक्रममा जिबिस धादिङका समाजिक अधिकृत बिनोद अर्याल, पत्रकार महासंघ धादिङका सचिव तथा रेडियो बिहानिका स्टेशन म्यानेजर सुर्दशन खतिवडा, श्रोत व्यक्ति कमला कडेंल लगायतको आतिथ्य रहेको थियो ।

यसैबीच पिपलभञ्ज्याङ माध्यमिक विद्यालय सहित महादेवस्थानका विभिन्न विद्यालयका २० जना विद्यार्थीहरुलाई पनि हिजो शैक्षिक सामाग्री सहित सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टरको आर्थिक सहयोग र प्रयास नेपालको आयोजनामा विद्यार्थीहरुलाई विद्यालय पोशाक, १ बर्षको लागी पुग्ने सम्पूर्ण शैक्षिक सामाग्री र जनही ७ सय ५० नगद सहयोग हस्तान्तरण गरीएको हो । युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टरका टिम लिडर शसि घलान, जिबिस धादिङका समाजिक अधिकृत बिनोद अर्याल, रेडियो बिहानिका स्टेशन म्यानेजर सुर्दशन खतिवडा लगायतको आतिथ्य रहेको कार्यक्रममा पिपलभञ्ज्याङ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खेमराज भुजेलको अध्यक्षता रहेको थियो । आजै महादेव स्थानका अन्य ५ वटा विद्यालयहरुलाई पनि नगद ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]