केटीहरुलाई पढाएकाले प्रिन्सिपलको हत्या


YYY
लण्डन । तालीबान बन्धुकधारीहरुले एकजना केटीहरुका स्कुलको प्रिन्सिपललाई गोली हानेर हत्या गरेका छन् । तालीबानले उनलाई केटीहरु नपढाउकालागि चेतावनी दिएको कुरा प्रकाशमा आएको छ । इस्लाम धर्मका कट्टरपन्थीहरुले महिलाहरुलाई अफगनिस्तानमा शिक्षा दिने विषयमा विरोध गर्दै आइरहेका छन् । हालै अफगानिस्तानको लोगर प्रान्तको पोरक गर्लस् स्कुलका प्रिन्सिपल खान मोहम्मदलाई उनको घरनजिकै गोली हानेर तालीबानहरुले मारेका छन् । बुवालाई गोली हान्दा उनका छोरापनि सँगै थिए, छोरालाई पनि गोली लागेकोले घाइते भएका छन् । लोगर प्रान्तका गभर्नरको प्रवक्ता दीन मोहम्मद दारविशले …. उनले स्कुल सञ्चालन गर्न थालेकाले उनलाई हत्या गरिएको हो … भनेका छन् ।

लोगर प्रान्तका शिक्षा निर्देशक मतीन जाफरका अनुसार उनले धरै पटक मार्ने धम्की पाइसकेका थिए भनेर समाचारदाताहरुलाई भनेका छन् । सन् १९९६ सालदेखि सन् २००१ सालसम्म जब तालीबानी सरकार सत्तामा थियो, त्यतिबेला केटीहरुलाई स्कुल पढ्नको लागि बन्देज बनाइएको थियो, तर, अमेरिकाले अफ्गनिस्तानमाथि हमला गरेर कब्जा गरेपछि जनताले पढ्नको लागि मत दिएर केटीहरुका लागि स्कुलमा भर्ना गर्न थालेका थिए । अफगनिस्तानको विकासका लागि आबद्ध एजेन्सीहरुले यतिबेला पश्चिमेली राष्ट्रहरुले सन् २०१४ सम्म अफ्गानिस्तानबाट हात झिक्ने योजनामा केन्द्रित भइरहेका अवस्थामा महिलाहरुलाई शिक्षालाभ गर्नबाट वञ्चित हुन्छ कि भन्ने भय गर्न थालेका छन् ।




फेब्रुवरी महिनामा गरेका अनुसन्धानको अध्ययनबाट देशमा जम्मा पच्चीस लाख केटीहरुले स्कुलमा भर्ना लिएका छन्, तर, त्यसमध्ये २० प्रतिशत केटीहरु स्कुल जाँदैनन् भन्ने जानकारी प्रकाशमा आएको छ । कतिपय केटीहरु जसलाई बन्देज गरिएका छैनन् तिनीहरु अत्यन्त कष्ट गरेर पढाइका लागि पैदल तीनघण्टसम्म यात्रा गरेर पढ्न जान्छन् । कट्टरपन्थी मुसलमानहरुले पढ्न जाने कतिपय केटीहरुको मुखमा एसिडजस्ता घातक वस्तु छर्किदिने र कैयौ ठाउँहरुमा केटीहरु पढ्ने स्कुलका कक्षा कोठाहरु जलाएर राख गरिदिने घटनाहरु घटिरहेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]