विश्व धुम्रपान विरुद्धको दिवस मे ३१ मनाउने सन्दर्भमा धादिङबेसीमा छलफल


YYY



विश्व धुम्रपान विरुद्धको दिवस मे ३१ मनाउने सन्दर्भमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले एक छलफल कार्यक्रमको आयोजना गर्यो ।

वर्षायाममा विभिन्न रोगका महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल धादिङले विशेष स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । भाद्र महिनासम्म डक्टरहरु सहित अन्य स्वास्थ्यकर्मी लाई सकेसम्म विदा नदिने र अत्यावश्यक काममा वैकल्पिक व्यवस्था गरेर मात्र विदा दिइने भएको छ । जिल्लामा क्रियाशील सञ्चारकर्मीबीच हिजो धादिङबेसीमा भएको छलफल कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । यस अघि कतिपय समयमा डक्टरहरुको अनुपस्थितिमा विरामीहरु स्वास्थ सेवाबाट वञ्चित हुनुपर्ने अवस्था आउने गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले धुषा, जोगीमारा, कुम्पुर, लापा र तिप्लिङलाई महामारीको जोखिम युक्त गाविसको रुपमा सुचिकृत गरी विशेष सजकता अपनाईको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङ संगको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले आयोजनामा गरेको कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक भोगेन्द्रराज डोटेल, पत्रकार महासंघ धादिङका सभापति सीतारामप्रसाद बर्मा, जिल्ला अस्पताल धादिङका डा. मुना दाहाल सहित जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक भोगेन्द्र राज डोटेलले धुम्रपान सेवन गर्नेहरुको सङ्ख्या सहितको तथ्याङ्क र धुम्रपानको असरहरुको विषयमा प्रष्ट पार्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका विष्णुप्रसाद रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा डा. मुना दाहालले जिल्ला अस्पताल धादिङमा निकट भविश्वमा नै सञ्चालनमा आउन लागेको सम्पुर्ण आकस्मिक प्रसुती सेवा CEOC को बारेमा जानकारी गराउनु भएको थियो । धादिङमा हाल ३६ स्थानमा आकस्मीक प्रसुती सेवा सञ्चालन हुँदै आएको छ ।


नारायण सिलवाल
रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]