गणतन्त्र दिवसमा धादिङमा विशेष कार्यक्रम


YYY
चौथो गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसकै अवसर पारेर आज धादिङमा पनि विविध कार्यक्रम सम्पन्न भएका छन् । गणतन्त्र दिवशको अवसर पारेर धादिङ अस्पतालमा रहेका विरामी र जिल्ल कारागारमा रहेका १३ महिला सहित १ सय ८ जना बन्दीलाई फलफूल वितरण गरियो । गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी शंकर नेपालको अध्यक्षतामा आज विहान प्रवचन कार्यक्रम समेत सम्पन्न भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेलले झण्डोत्वलन गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा शहिदहरुको फोटोमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेसका फणिकान्त छत्कुली, नेकपा एमालेका शिवप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम प्रसाद बर्मा लगायते संबोधन गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले लामो सङ्घर्ष पश्चात प्राप्त गणतन्त्रलाई संस्थागत गर्नुपर्ने र शहिदको बलिदानलाई भुल्न नहुने बताउनु भएको थियो । २०६२÷६३ को जनआन्दोलन बाट प्राप्त भएको संविधानसभापछि ०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

यसैगरी गोरखामा पनि विविध कार्यक्रमको आयोजना गरी चौथो गणतन्त्र दिवस मनाइएको छ । गोरखामा आज मानवअधिकार तथा शान्ति समाजको आयोजना तथा गणतन्त्र दिवस जिल्ला समारोह समितिको व्यवस्थापनमा प्रभातफेरी सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलयबाट सुरु गरीएको प्रभातफेरी हरमटारीचोक, शक्तिचोक, बसर्पाक, ठुलोआागन, पाटेचौर, अस्पतालमार्ग हुदै पुन लोकतान्त्रिक चोकमा आएर सभामा परिणत भएको थियो । सभामा एकिकृत नेकपा माओवादीका लेख बहादुर थापा, एमाले जिल्ला सचिव सम्झना देबकोटा, मानव अधिकार तथा शान्ति समाज गोरखाका जिल्ला अध्यक्ष यदु अधिकारी, गणतन्त्र दिवस समारोह समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी तिलक पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । सभामा बोल्दैे उहाँहरुले गणतन्त्रको उपलब्धी संस्थागत गर्न दलहरु मिल्नुपर्नेमा जोड दिनुभयो । साथै भोली बिहान जिल्ला कृषि बिकास कार्यलयले जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ । दुई दिन अगाडी बसेको सर्वपक्षिय बैठकले स्थानिय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा ६८ सदस्यिय गणतन्त्र दिवस मुल समारोह समिति गठन गरी ३ दिन सम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो । गोरखामा हिजो विहान पत्रकार र बैङ्कर्स विच मैत्रि पुर्ण फुटबल खेल सम्पन्न भएको थियो भने साँझ घरघरमा दिपावली गरीएको थियो । यसैबीच चौथोे गणतन्त्र दिवसको सन्दर्भमा आज नेपाली सेनाले काठमाण्डुको सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम समेत सम्पन्न गरेको छ ।

नारायण सिलवाल
रेडियो विहानी, धादिङ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]