दश नेपाली कलाकार बेलायती बिमानस्थलबाट बेपत्ता


YYY


बेलायतको एक सांस्कृतिक कार्यक्रममा भाग लिन नेपालबाट गएका कलाकारहरु आयोजकको सम्पर्कमा नपुगी भागेका छन् ।

‘कर्नवाल इन्टरनेशनल मेल भ्वाइस कोरल फेष्टिभल’मा भाग लिन नेपालबाट गएका दश जना कलाकार बिहिवार बिहान बेलायतको हिथ्रो बिमानस्थलबाटै बेपत्ता भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

काठमाण्डौंको नेपालय लोक कला मञ्चबाट गएका ती कलाकारमध्ये करिव दशवटा नेपाली चलचित्रमा संगीत भरेका संगीतकार लक्ष्मण शेषसमेत रहेको बताइएको छ । नेपालबाट कलाकारका रुपमा पठाइएका दशमध्ये शेषसहित चार जना कलाकार र अन्य ६ जना कलाकारका भेषमा पठाइएका गैरकलाकार भएको बताइएको छ ।

यसै साता हुन लागेको ६० देशका ३ हजार ५ सय बढी लोक कालाकार सम्मिलित सो महोत्सवका आयोजक नेपाली कलाकार लिन बिमानस्थल आएपनि फेला पार्न नसकेपछि रित्तै फर्किएका थिए । उनीहरु बिहान साढे सात बजे बिमानस्थलबाट बाहिरिएको भएपनि अहिलेसम्म आयोजकको सम्पर्कमा पुगेका छैनन् । सुरुमा त नयाँ ठाउँ भएकाले कहाँ जाने भन्ने थाहा नभएर नेपालीहरु अलपत्र परेकी भन्ने लागेको रहेछ आयोजक डेभिड पिटर्सलाई । तर, जव नेपालीहरु अध्यागम हुँदै बिमानस्थलबाट बाहिरिएको र जानीबुझि भागेको थाहा पाए तव उनले प्रहरी र अध्यागमन अधिकारीहरुलाई नेपाली भागकोबारे जानकारी गराए । अहिले प्रहरीले हराएका नेपालीहरुको खोजी र अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीले भागेका नेपालीहरु कुन भिसामा बेलायत आएका हुन भन्ने अनुसन्धान गरिरहेको छ । पर्यटक भिसामा आएका भए उनीहरु आयोजकको सम्र्पकमा नपुगेपनि अपराध गरेको मानिनेछैन । तर, फेष्टिवलमा काम गर्ने प्रयोजनले आयोजकको प्रायोजनमा आएको भए उनीहरुलाई कारवाही गरिने छ ।

नेपालीहरु बिमानस्थलबाटै गायव भएको समाचारले अन्तराष्ट्रिय संचारमाध्यमहरुमा चर्चा पाएको छ भने नेपालीहरुको बेइज्यत भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]