सहकारी संस्थाले घरेलु सौर्य उर्जामा लगानी


YYY
सरकार तथा बिद्युत प्राधिकरणले देशका दुरदराजमा जलविद्युत पु¥याउन नसकिरहेको अवस्थामा सहकरी संस्थाहरुले घरेलु सौर्य उर्जामा लगानी गर्न थालेका छन् । धादिङको किराञ्चोक गाउँ विकास समिति स्थित किराञ्चोक कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा उपभोक्ताहरुलाई उज्यालोमा बस्न, पढ्न तथा भान्सामा काम गर्न सजिलो बनाउने अपेक्षा सहित विगत ९ महिना बाट घरेलु सौर्य उर्जामा लगानी गर्दै आएको छ ।
नेपाल कृषि केन्द्रीय सहकारी संघ लिमिटेड र वीनरक इन्टरनेशनल नेपालले संस्थाको क्षमता अभिवृद्धि, संस्थागत विकास र सम्र्पक तथा समन्यवमा सहयोग पु¥याएको छ ।

कर्मज एण्ड ट्रस्ट वैंक नेपाल लिमिटेडको पाँच लाख ऋण सहयोग र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र घरेलु सौर्य उर्जा कार्यक्रमले प्रति प्राणली उपलव्ध गराएको ६ हजार अनुदानमा घरेलु सौर्य उर्जा प्राणली जडान गर्ने गरिएको संस्थाका सञ्चालक समिति सदस्य एवं वैकल्पिक उर्जा सेवा प्रदायक उपसमितिका संयोजक प्रदीपजंग अधिकारीले जानकारी दिनु भयो । संस्थाले सदस्यहरुबाट ३० प्रतिशत भुक्तानी लिएर १ सय बीस घरेलु सौर्य प्राणली जडान गरीसकेकोे छ । ७० प्रतिशत बराबरी रकम भने (ईएमआई) किस्तामा २४ महिनामा भुक्तानी गर्ने गरी लगानी गरिएको छ । यस कार्यमा वैंकबाट ५ लाख, शेयर सदस्यको ४ लाख असी हजार र सहकारी संस्थाको ५ लाख चालीस हजार लगानी गरेको संस्थाका प्रवन्धक रवी आलेले बताउनु भयो । सदस्यहरुलाई मासिक वरावरी किस्तामा लगानी गर्ने गरिएको छ भने, उनिहरुले पनि नियमिति रुपमा ऋण बुझाउदै आएका छन् । खासै ऋणको भार नपर्ने भएकोले अहिले दैनिक ५ देखी ७ प्राणलीको माग आईरहको संस्थाले बताएको छ । सरकारले अनुदानमा रोक लगाए पछि घरेलु सौर्य प्राणलीको मुल्य बढ्न गएकोले लगानी गर्न गाह्रो भइरहेको प्रवन्धक आलेलेको भनाइ छ । यस प्रणलीबाट लाभान्वित उपभोक्ताहरु भने निक्कै हर्षित भएका छन् ।

नारायण सिलवाल
रेडियो बिहानी, धादिङ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]