एनआरएन चीनमा थापा


YYY

१५ जेठ, बेइजिङ । सुन्दर थापाको अध्यक्षतामा २३ सदस्यीय नयाा कार्यसमितिको निर्विरोध चयन गर्दै गैरआवासीय नेपालीहरुको संघ एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो महाधिवेशन शनिबार सम्पन्न भएको छ ।

महाधिवेशनले रञ्जन ढकाललाई एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद् चीनको प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन जमरकट्टेल, उपाध्यक्षद्वयमा नवीन वि.क. र सञ्जकुमार चेतानी, महासचिवमा सुदेशकुमार झा, सचिवमा प्रदीप न्यौपाने, कोषाध्यक्षमा राजु श्रेष्ठ र प्रवक्तामा प्रकाशचन्द्र पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी प्रदीप भण्डारी, अमर व्यञ्जनकार, सुशील बेलबासे, दामोदर पराजुली, रामकुमार राई, खामसुंग गुरुङ, राजीव केशरी, राजन घले, रोहित अग्रवाल, लीला उप्रेती, निर्मल चौलागाई, उत्सव श्रेष्ठ, विजय भण्डारी र मिलन ज्ञवाली कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि नेपालका लागि चिनिया राजदूत टंकप्रसाद कार्की तथा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष देवमान हिराचनले संयुक्तरुपमा महाधिवेशनको उद्घाटन गरेका थिए ।

राजदूत कार्कीले एनआरएनका सबै सदस्यहरु सद्भावना राजदूत भएको उल्लेख गर्दै मुलुकको छवि उचो राख्न तथा नयाँ नेपाल निर्माण कार्यमा एनआरएनले अझ प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।

नेपाल चीनबीचको ऐतिहासिक सम्बन्ध तथा चीनको आर्थिक विकासको उच्च प्रसंशा गर्दै उहाँले असल छिमेकीका नाताले नेपालले चीनबाट धेरै फाइदा लिनसक्ने विचार व्यक्त गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]