ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा डेक्कन चार्जर्स र कोलकत्ता नाइट राइडर्स भिड्दै


YYY
इण्डियन पि्रमियर लिग आईपिएल २०-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज डेक्कन चार्जर्स र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदरावादमा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्स र कोची टस्कर्श केरला विजयी भएका छन् । मुम्बई इन्डियन्सले किँग्स इलाभेन पन्जावलाई २३ रनले पराजित गरेको थियो ।

हिजोको जितसँगै मुम्बई इन्डियन्स लिगको शिर्षस्थानमा उक्लिएको छ । त्यस्तै हिजो दिल्लीमा सम्पन्न दोस्रो खेलमा कोची टस्कर्श केरला विजयी भएको छ । कोची टस्कर्श केरलाले दिल्ली डेयर डेभिल्सलाई सात विकेटले पराजित गरेको हो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]