स्वयं सेवीका सञ्जालको दोस्रो भेला सम्पन्न


YYY
राज्यबाट सम्मानित ब्यवहार र सेवा सुविधाको माग सहित महिला स्वास्थ स्वयंसेविका सञ्जाल धादिङको दोश्रो जिल्ला भेला हिजो धादिङवेशीमा सम्पन्न भएको छ । भेलाले नेपाल स्वास्थ स्वयंसेवी संघ केन्द्रिय समितिले महिला स्वास्थ स्वयंसेविकाहरुको सेवा सुविधाका विषयमा उठाएको १२ सुत्रीय माग सहितको आन्दोलनमा सहभागी हुने निर्णय समेत गरेको छ ।

स्वयं सेविकाहरुले १ सय दिन बराबरको दैनिक ज्याला रकम वार्षिक रुपमा एकमुष्ट पाउनुपर्ने, उपदानको ब्यवस्था गर्नुपर्ने, जिवनविमा, स्वास्थ उपचार खर्च तथा दशैँ खर्च पाउनुपर्ने लगायतका १२ शुत्रिय माग राखी नेपाल स्वास्थ्य स्वयंसेवि संघ केन्द्रिय समितिले घोषणगरेको चरणबद्ध आन्दोलनमा सहभागि हुने निर्णय हिजाको भेलाले गरेको हो ।

महिला स्वास्थ्य स्वयं सेविका सञ्जाल धादिङकी अध्यक्ष सावित्रा कोइरालाको सभापतित्वमा सम्पन्न जिल्ला भेलामा धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेल, स्थानीय विकास अधिकारी शंकर नेपाल, नेपाल स्वास्थ्य स्वयंसेवी संघका केन्द्रिय सदस्य तथा स्वास्थ क्षेत्र संयोजक कमल गौतम, जिल्ला स्वास्थ कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ प्रशासक भोगेन्द्रराज डोटेल, पत्रकार महासंघ धादिङका सभापति सितारामप्रसाद बर्मा लगायतले महिला स्वास्थ स्वयंसेविकाहरुको समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तब्य राख्नुभएको थियो ।

नारायण सिलवाल
रेडियो बिहानी, धादिङ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]