विद्यालयमा पुस्तकालय स्थापना पछि कक्षा शिक्षणमा सहज


YYY
जिल्लाका विभिन्न विद्यालयमा पुस्तकालय स्थापना पछि कक्षा शिक्षण सहज बनेको शिक्षक शिक्षिकाहरुले बताएका छन् । जिल्लाको विभिन्न गा.वि.समा रहेका २० वटा विद्यालयका पुस्तकालयध्यक्ष र सहपुस्तकालयध्यक्षहरुको लागि २ दिन धादिङवेशीमा भएको तालीमको अवसरमा शिक्षक शिक्षिकाले सो कुरा बताएका हुन् ।

प्रयास नेपाल धादिङ र रुम टु रिडको साझेदारीमा संचालित विद्यालय पुस्तकालय कार्यक्रम अन्र्तगत भएको तालिममा ३८ जना शिक्षकहरुको सहभागीता रहेको थियो । पुस्तकालयमा भईरहेका गतिविधिको बारेमा सिकाई तथा अनुभव आदान प्रदान गर्ने र शैक्षिक सामग्रीलाई कक्षा शिक्षणमा प्रयोग गरी गतिविधि क्रियाकलापहरु संचालनमा अभिप्रेरित गराउने उद्धेश्यले संचालन गरिएको तालिममा सिद्धेश्वर उच्च माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वर कुमार श्रेष्ठ र मुक्राबदेवीका स्रोत केन्द्रका स्रोतव्यक्ति युवराज रेग्मीले विषयबस्तुको बारेमा सहजीकरण गर्नुभएको थियो । तालीम समापनको अवसरमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले देश विकासको शिक्षित नागरिक उत्पादन हुन जरुरी हुने र यसका लागि संस्थाले जिल्ला शिक्षा कार्यालय, विद्यालय र रुम टु रिडको साझेदारीमा विद्यालय पुस्तकालय कार्यक्रम संचालन गरेको बताउनु भयो । संस्थाले हाल ३८ गाविसका १ सय २५ विद्यालयमा पुस्तकालय स्थापना गरी संचालन गर्न सहयोग गर्दै आएको कार्यक्रम संयोजक राम प्रसाद रिजालले जानकारी दिनु भयो ।


नारायण सिलवाल
रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]