ए डिभिजन लिगमा पुलिसको दोश्रो जित


YYY

१९ वैशाख ।
नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा दोश्रो जित हात पारेको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा पुलिसले नवलपरासीको कोइलापानी पोलस्टार क्लबलाई चार-शुन्यले हरायो ।
प्रतियोगितामा पुलिसलाई दोश्रो जित दिलाउन जुमानु राईले ५३ औं र ५५ औं मिनेटमा गरी २ तथा भरत खवासले ४८ औं र भोला शिलवालले ८१ औं मिनेटमा गोल गरे ।

यसैगरी सोमबार भएको खेलमा मनाङ मस्याङ्दीले जित हात पार्‍यो । सन्तोष साहुखलको हृयाटि्रकको मद्दतमा मनाङले युनाईटेड युथ क्लबलाई ५-० को फराकिलो अन्तरले हरायो । सन्तोषले खेलको १६ औं, ३८ औं र ६४ औं मिनेटमा गोल गरे । यस्तै ७० औं मिनेटमा सुजल श्रेष्ठ र ७४ औं मिनेटमा विजय गुरुङ्गले मनाङ्गका लागि एक-एक गोल थपे ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]