धादिङमा पत्रकार महासंघद्वारा दबाब -याली आयोजना


YYY
शान्ति, सहमति र संविधान निर्माणका लागि दबाब दिन नेपाल पत्रकार महासंघले राजधानी लगायत देशभर आज दबाब ¥यालि निकालेको छ । ‘शान्ति, सहमति र संविधान नेपाल पत्रकार महासंको अभियान’ भन्ने नारा सहित पत्रकार महासंघ धादिङले आज पनि ¥याली सम्पन्न गरेको छ । धादिङबेसी पुछारबजार स्थित पत्रकार महासंघको कार्यालय अगाडीबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय धादिङमा पुगेर सम्पन्न भएको थियो । ¥याली पश्चात महासंघले शान्ति र संविधानको लागि संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख सुभासचन्द्र नेम्वाङलाई बुझाएको छ ।

यसैबीच महासंघले काठमाडौंमा पनि आज ¥याली निकालेको थियो । ¥यालीपछि आयोजित कोणसभालाई महासंघका अध्यक्ष शिव गाउँले, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल, पूर्वसभापति विष्णु निष्ठुरी, नेपाल प्रेस युनियनका उपाध्यक्ष बद्रि सिग्देल, प्रेस चौतरीका अध्यक्ष गगन बिष्ट लगायतले सम्वोधन गरेका थिए ।

महासंघले आजै संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटी समयमै संविधान जारी गर्नुपर्ने माग सहितको ज्ञापन पत्र बुझाउने तयारी गरेपनि नेम्वाङको अस्वस्थताका कारण भोली बुझाउने निर्णय भएको महासंघका महासचिव ओम शर्माले बताउनु भयो ।

नारायण सिलवाल
रेडियो बिहानी धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]