गाउँ छाड्दाको त्यो दिन


YYY

शिबराज इटनी
चैनपुर १, धादिङ


बुवा मुमाको रहर वा बाध्यता ! तीन जना छोराछोरहरु काठमाण्डौंमा राखेर पढाँउँदै आउनुभएको थिथौ त्यतीले मात्र उहाँहरुको इच्छा पुरा भएन । आफ्ना छोराछोरीहरुले भबिश्यमा राम्रो नगरुन् भनेर कमै मात्र बुबाआमाहरुले सोच्नुहुन्छ त्यसैको फलस्वारुप मैले पनि दिदी दादाहरुसँगै काठमाण्डौं शहरमा बसेर पढ्नको लागी उहाँहरुले जस्तै स्कुले शिक्षा गाँउँमा पुरा नगर्दै शहरीने भएको थिए । गाँउँ छाडेर कहिल्यै शहर नगएको म एक किसिमले मनमा धेरै उत्तेजना थिथो र साथमा चिन्ता पनि । प्राय गरी मेरा सर्कलका सबै साथीहरुलाई म छिट्टै गाउँ छाड्दैछु भन्ने कुरा थाहाभइसकेको थिथो । हामी मिल्ने साथीहरु एक आपसमा छुटिनु पर्नेकुराहरु र साथमा कवितामा पढेको “काठमाण्डौ शहर हेर्न लाग्दछ रहर” का बिबिध कपोतकल्पित सपनाहरुको बारेका कुरा गर्दथ्थौ । सबैले मलाई भाग्यमानी संझन्थे, आफुमा पनि त्यो भाबना नपलाएको त होइन, दैनिक घरमा मुमालाई बिहनबेलुकाको कामकाज सघाउनु, आफ्नो गूहकार्य गर्नु, साथीहरुसँग खेल्नु दिनचर्या चल्दै थिथो यत्किैमा एकदिन बुबाले ल अब म तलाई काठमाण्ठौ छाडेर आउँछु नयाँ कक्षाको पढाइ पनि शुरु हुने बेला भयो भन्नुभयो । एक किसिमले मलाई जन्मदेखि रहिआएको आफ्नो घर, गाउँ, साथीहरु छाडेर जाँदैछु भनेर बढो चिन्ता लागीरहेको थिथो त अर्कौ आफ्नो भबिश्यको गन्तब्य यनेकी राम्रो शिक्षा र शहरको कौतुहलता, मोटर चढ्ने रहर ।

हामी काडमाण्ठौ जाने दिनको निश्चित भयो मैले मेरो मिल्ने साथीहरुलाई अन्तिम पटक भेटे र स्कुल बिदा भएको बेलामा छिटै फर्किएक आँउँछु भनेर बाचा पनि गरे । म एकदम दोधारमा थिए, नरमाइलो लाग्न थाल्यो । हजुरमुमाले बुबालाई भन्नुभएको कुरा, मुमा रुन थाल्नुभएको अहिले पनि यो स्मरणमा ताजा नै छ । आँखिर जानुनै थिथो हाम्रो यात्रा शुरु भयो, दिउँुसो बाटोमा खाने खाजा, दिदी दादाहरुलाई मुमाले बनाइदिनुएको कोसेली मैले बोके, बुबाले चामल र ध्यु । आमा बाबुको मन नै त हो, आफुले दुःख गरेर भएपनि छोराछोरीले राम्रो लगाउन् र मिठो खाउन् भन्ने । हाम्रो खेतै नजिको मस्तेखोला कट्दा नकट्दै मलाई त्यो झोला गरुगो हुन थाल्यो । भिमसेनथापाको बगैचामा आँप पाकेको बेलामा खान जाने र सिम्लेको सानो बजारमा कहिलेकाही केहि किन्न जानुबाहेका कहिल्यै मस्तेखोला तरिदैनथिथो । बेनिघाटको नाम सुनेको थिए त्यहाँ पुगपछि काठमाण्डौ जाने मोटर पाइन्छ भनेर ।

भिमसेनथापाको बगैचा हुदै बुढीगण्डकी को किनारै किनार सिम्ले, कुमालटार, कालिमाटी साथै छोरगन्दिखोला पार गरेर मझुवामा पुग्दा नपुण्दै म थाक्न थाले । केहिसमय हामी त्यहाँ बस्यो, हाम्रो साथमा गाउँबाट अरु पनि को को जानु भएको थिथो मलाई त्यस्तो हेका छैन । कसैले मेरो झोला बोकिदिए भनेर सोचिरहेको थिए, हिड्न सकिरहेको थिइन तर तर कसले हो मलाइ नै बोक्नुभयो खुब राहत भयो मलाई । तल बुढीगण्डकी आफ्नै तालमा सुसाइरहेको जंगल र खोचकोबाटो हिड्नमा पनि डराइमर्दा थिथो अलिकति तलमाथि भए नदिमा परिएला भन्ने डर ।

दर्बुड.को सानो गाँउ काटेर केही समय जंगल हिडेपछि बेनिघाट देखियो, म एकछिन टक्क अडिएर हेर्न लागे, गाँउँको भन्दा छुट्टै किसीमका घरहरु, टाढाबाट हेर्दा कालो घर्र्र्सो जसमा यताउता गाडिहरु गुडिरहेका मेरो अत्यास कम भएको थिथो अब त हिड्ने बाटो सकिएछ भनेर । अझै केहीसमय हिडेपछि बुढीगण्डकीको किनारमा नै पुगीयो, घरबाट हालीदिनुभएको खाजा मलेबाको ओडार छेऊमा बसेर खायौ र साथमा बुढीगण्डकीको चिसो पानी । करिब १ घण्टापछि बेनीघाट पुग्यो मेरो थकाइको सिमा थिएन साथमा गाउँ छाड्दाको चिन्ता ।
धाम चर्किरहेको थिथो गर्मी बढिनै थिथो , बेनीधाटमा काठमाण्डौं जाने बस कुरेर बस्दामानै सडकमा गुड्ने अरु गाडिहरुको आवाज ले मलाई रिंगाटा लागीरहेको थिथो । केहि समयपछि हामी बस चढेयौ, लामो यात्राका यात्रुहरु ल्याएकोले होला बस्ने त के राम्रोसँग उभिन सक्ने ठाउँपनि थिएन । जीवनमा पहिलोपटक बस चढेको मलाई बाहिर जता हेरेपनि घरहरु, रुखहरु सबै गुडिरहेको भान हुन थाल्यो, रिड.टा लाग्यो नराम्रोसँग बान्ता भयो, बुबाले समातिराख्नुभएको थिथो म केही थाहा नै नपाउने अबस्थामा पुगे पछि त खै कताहो सानो खोलाको नजीकै गाडि रोकिएको रहेछ । पछि एकजना भलाद्मीले बस्ने ठाउँ छडिदिनु भयो हलुका आराम भएको महशुस गरे बेला बेलामा यसो बस्तिहरु भएको ठाउँ आउँदा बुबाले यो ठाउँको नाम यो हो भनेर परिचय गराउनु हुन्थ्थो । बिस्तारै साँझ पर्दै गयो यता उता बत्तिहरु बल्न लागे बुबाले मलाई संझाउँदै हुनुहुन्थो बाटोमा एक्लै नहिड्नु, बाटो काट्दा यता उता हेरेर काट्नु, आदि इत्यादि, उहाँले भन्नुभएको कुरा सुन्दै त थिए तरपनि मलाई भित्र भित्र कस्तो कस्तो नरमाइलो भइरहेको थिथो । करिब ८:३० बजेतिर टाढा कता कता एक्कासी गुरुम्म बत्ति बलेको देखियो बुबाले त्यही हो काठमाण्डौं हामीहरु अहिले थानकोट आइापुग्यो भन्नुभयो । बिस्तारै बसमा रहेका यात्रुहरुको झर्नेक्रम शुरु भयो हामीहरु पनि कलंकीमा झयौ । बुवा अघि अघि लाग्नुभयो म उहाँको पछि पछि, जताततै बिजुली बत्ति बलेर उज्यालो भएपनि मलाई कतै उज्यालो लागेन फगत उज्यालो लाग्यो आफ्नै गाउँ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]