काग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्ने प्रस्ताव राखेको अनन्तको खुलासा


YYY


जेठ २० काठमाडौ । एकीकृत नेकपा माओवादी स्थायी कमिटि सदस्य वर्षामान पुन अनन्तले नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले सहमतिको सरकारको नेतृत्व गर्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा अनन्तले विभिन्न समयमा भएको भेटवार्तामा काग्रेस सभापति कोइरालाले शान्ति प्रक्रियालाई अगाडि बढाउनुस, तपाई प्रधानमन्त्री बन्नुस हामि सबै खाले सहयोग गर्न तयार छौ भनेर प्रस्ताव राखेको खुलासा गरेका हुन । काग्रेस सभापति कोइरालाले स्वर्गिय गिरिजाप्रसाद कोइराल पछि अविभावकको रुपमा प्रचण्डले भूमिका खेल्नु पर्ने सुझाव पनि दिएको बताए । उनका अनुसार सभापति कोइरालाको प्रचण्डको नेतृत्वमा सहमतिको सरकार निर्माण हुने विश्वास थियो ।

यद्यपि प्रचण्ड भने अहिले प्रधानमन्त्री बन्ने योजनमा नरहेको अनन्तको दावी थियो । उनले भने–अब अध्यक्ष चार पाँच महिनाकोलागी प्रधानमन्त्री बन्नु हुन्न । हामिले पनि उहाँलाई प्रधानमन्त्री भन्दा स्टेटम्यान बन्न सुझाव दिएका छौ । अध्यक्ष अब प्रधानमन्त्री बन्नु हुन्न । उहाँ बाहिरै बसेर सरकार सन्चालन, शान्ति र संविधान निर्माणमा देखिएका विवाद समाधानमा लाग्नु हुन्छ ।

साक्षात्कारमा अनन्तले सरकारको विवादमा अल्झिदा स्टेटम्यानसीप बन्ने अवस्थामा खतरा आउने भएकोले पनि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नबन्ने स्पष्ट पारे । उनले भने अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा समस्या समाधान र सहमतिको साझा ब्यक्तित्व मुलुकले गुमाउछ ।

उनले अबको सरकार शान्ति प्रक्रियालाई टुङगोमा पुर्याउँदै संविधान जारी गरु न्जेलसम्मकोलागी र संविधान लागु भएपछि निर्वाचन सम्पन्न गर्ने गरी आलोपालो प्रणालीमा बन्ने सम्भावना औल्याउँदै यसो गर्न सके सक्रमणकालीन ब्यवस्थापन हुने स्पष्ट पारे । माओवादी शान्ति र संविधान निर्माणमा अनपेक्षित सम्झौता गरेर सरकारको नेतृत्व लिने पक्षमा नरहेको उल्लेख गर्दे शान्ति र संविधान बन्ने सुनिश्चित भएको अवस्थामा स्वभाविक रुपमा नेतृत्वमा माओवादीको दावी हुने दावी गरे ।

पार्टीले अहिले सरकारको नेतृत्वको विषयमा कुनै निर्णय र छलफल नगरेको भन्दै माओवादीको नेतृत्व हुने अवस्थामा मोहन बैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ मध्ये कसैलाई पनि सजिलै उमेदवार बनाउने विश्वास ब्यक्त गरे ।

शान्ति, संविधानको सुनिश्चितता र सहमतिको सरकारको आधार तय नभई प्रधानमन्त्रीले राजिनामा दिए मुलुकमा अस्थिरता आउने त्यसले सहमतिको बातावरण विथोल्ने भन्दै अनन्तले शान्ति र संविधानको कार्य नविथोलिने गरी प्रधानमन्त्रीको राजिनामा आउने पक्षमा आफूहरु रहेको बताए ।उनले भने–पहिला राजिनामा दिने अनि सात महिनासम्म प्रधानमन्त्री नबन्ने १७ पटक सम्म निर्वाचन भईरहने अवस्था अब आउनु हुँदैन ।

अनन्तले शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य अगाडि बढाउँदै शक्ति बाँडफाँडमा पनि सहमति जुटाउँदै गएर सहमतिको सरकार बनाउने पर्ने भन्दै प्रधानमन्त्रीको राजिनामाकोलागी हतार गर्न नहुने सुझाव दिए । उनले भने–शान्ति र संविधान निर्माणको क्रममै सहमति बन्छ र राष्ट्रिय सरकार बन्छ ।

पार्टीभित्र दोहोरो सुरक्षा प्रक्रियाको अन्त्य गर्ने , समायोजन भिन्नै निकाय बनाएर गर्ने वा नेपाली सेना मातहतको महानिर्देशनालाईमा गर्ने र पुर्नस्थापना कसरी गर्ने भन्ने विषयमा विवाद रहेको स्पष्ट पार्दै अनन्तले पार्टी भित्रको विवादले शान्ति र संविधान निर्माण कार्यमा कुनै फरक नपर्ने दावी गरे । उनले भने–फरक मत लेखे पनि बहुमतको निर्णय मान्ने सहमति छ । त्यसैले केही फरक पर्दैन । हामि अहिले सबैलाई समेटेर अगाडि बढ्ने प्रयासमा छौ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]