ढोलामा २४ घण्टे प्रसुती सेवा


YYY
जिल्लाको ढोला गाउँ विकास समितिमा हिजोदेखि २४ घण्टे आकस्मीक प्रसुती सेवा सञ्चालन भएको छ । ढोला उपस्थास्थ्य चौकीमा आज एक कार्यक्रमका बीच प्रसुती सेवाको उद्घाटन गरिएको छ । ढोला उपस्वस्थ्य चौकीका अहेव मोहमद अव्दुल्लाहाको अध्यक्षतामा भएको कार्यक्रममा मैदी स्वास्थ्यचौकीका अहेव सुजन श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थको प्रतिनिधि र स्थानीय बासीन्दाको समेत उपस्थिति रहेको कार्यक्रममा बाल संरक्षण तथा सबद्र्धन समितिले साँस्कृतीक कार्यक्रम समेत गरेको थियो । ढोलामा आकस्मीक प्रसुती सेवा सञ्चालन भएपछि प्रसुती गराउनको लागि सदरमुकाम सम्म धाउनु पर्ने बाध्यता हटेको भन्दै स्थानीय बासीन्दा हर्षित भएका ढोलाबाट शिवप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

स्रोत : रेडियो बिहानी, धादिङ


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]