बाँचेको छु म


YYY
आँसुको सागरमा डुबे ता पनि
बिहानीको फुलसँगै हाँसेको छु
मुटुमा असह्य चोट र पिडा भए पनि
यिनैलाई साथी मानी बचेको छु
आशाको दियो हुरीले निभाएता पनि
दियो बाल्न तेल मैले साँचेको छु
इच्छा र आकांक्षाहरु खाडलमा परे ता पनि
भाग्य कोर्ने बिधातालाई सम्झेर बाँचेको छु
जिन्दगीको गोरेटोमा असफल्ता मात्रै मिले पनि
सफलताको एक छेउलाई धैर्यता साथ कुरेको छु
हरेक पल उदास रहेपनि
उत्साह र उमंगको प्रतिक्षामा बाँचेको छु
बाँच्ने इच्छा छैन मेरो
किन होला कुन्नी
जहाँ जान्छु भिरैमा खस्छु
कस्तो पाएछु जुनी

बिकास घायल
सल्यानकोत ७ धदिङ
हाल दुबही
email ID-  bikashhamal25@yahoo.com

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]