जीवन र मृत्यूको दोसाँधमा मृगौला रोगी प्रकाश


YYY
जोगिमारा गाउँ विकास समितिको विकट मानिने वडा नं. ९ को गोइराङ गाउँका प्रकाश गुरुङ  यतिबेला जीवन र मृत्यूको दोसाँधमा बाँचिरहेका छन् । मृगौलाको रोगबाट पीडित उनको आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेपछि बाँकी जीवन कष्टकर बन्दै गएको छ । २०६६ साल पौषबाट बिरामी परेका गुरुङ्गको स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले दुवै किड्नीले काम नगर्ने जानकारी दिएका थिए । 

५ छोरी र २ छोरा गरी ७ सन्तानका पिता प्रकाशको परिवार अहिले ऋणमा चुर्लुम्म डुबेर बसिरहेको छ । छोराको उपचारको क्रममा सय कडा ३ मा ब्याज तिरेर लिएको २ लाखभन्दा बढी ऋण भएको उनका बुबा कुम्भराज गुरुङ्गले गहभरी आँसु बनाउँदै दुःखेसो पोख्नुभयो । काम गर्ने उमेरको जेठो छोरो ओछ्यान परेपछि गुरुङ्ग परिवार गंभीर संकटबाट गुज्रिरहेको छ । 

आर्थिक अभावका कारण उपचार नपाएर मर्नुपर्ने परिस्थिति अत्यन्तै दुःखदायी भएको स्थानीय बासिन्दाहरु बताउँछन् । उनको उपचारको लागि अहिलेसम्म कुनै पनि सरकारी वा गैरसरकारी क्षेत्रबाट सहयोग प्राप्त नभएको परिवारले जानकारी दिएको छ । पृथ्वी राजमार्गबाट नजिकै पर्ने भए पनि विकासबाट पिछडिएको गोइराङबासी प्रकाश यतिबेला गरिब जनताको लागि काम गर्ने भन्ने सरकार र सरकारी निकायको सहयोगको तिव्र प्रतिक्षामा रहेका हाम्रा जोगिमारा सहकर्मी मणिराज गुरुङ्गले जानकारी दिनुभएको छ । 


स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]