कृषि विकास कार्यालयको कार्यक्रम


YYY
जिल्ला कृषि विकास कार्यालय धादिङको आयोजनामा समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना ऋःक्ष्ब्क्ए सम्बन्धी एकदिने गोष्ठी आज धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोगीमारा र बैरेनीका गरी १६ जना कृषकहरुको सहभागिता रहेको थियो । जयपुरी जोगिमारा सिंचाइ उप आयोजना र बैरेनी ८ स्थित डलटार–भल्टार सिंचाइ उप–आयोजनाका कृषकहरुको लागि आयोजना गरिएको कार्र्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका बागबानी विकास अधिकृत केशवप्रसाद घिमिरेले सिंचित क्षेत्रमा कृषि कार्यक्रम सम्बन्धी र इञ्जिनियर थानेश्वर दुवाडीले सिंचाई निर्माण एवं विस्तार सम्बन्धी विषयबस्तुको बारेमा प्रष्ट पार्नुभएको थियो । जिल्ला कृषि विकास कार्यालयका रामहरी श्रेष्ठ, भिमबहादुर क्षेत्री, निरञ्जन कोइराला र पल्टनप्रसाद चौहानले सहजीकरण गनुभएको कार्यक्रममा कृषकहरुको तर्फबाट बैरेनी ८ डल्टारका कमला रिमालले आफ्ना क्षेत्रमा भएका कृषि कार्यक्रम र महाङ्काली कृषक समूह बैरेनी ८ खेष्टे खोलाका अध्यक्ष नवराज खड्काले सिंचाइ उप–आयोजनाको निर्माण र विस्तार कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।


श्रोत - रेडियो बिहानी, धादिंग

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]