जिल्लामा मतदाताको सङ्ख्या घट्यो


YYY
धादिङमा २०६३ सालमा संकलित मतदाता नामावलीको तुलनामा यस पटक संकलन गरिएको मतदाता नामावली ५० प्रतिशतले घटेको छ । निर्वाचन आयोगले मतदाता नामावलीको लागि नागरीकता अनिवार्य गरेपछि मतदताको संख्यामा यसरी घटेको हो । २०६३ सालको तथ्याङ्क अनुसार धादिङमा २ लाख ७६ हजार २ सय ५९ मतदाता रहेकोमा यसपटक जम्मा १ लाख ३८ हजार ९ सय २८ जनाले मात्र नाम दर्ता गराएका छन् । यो जिल्ला निर्वाचन कार्यालयले अनुमान गरे भन्दापनि १५ प्रतिशतले कम हो । जिल्ला निर्वाचन कार्यालय धादिङले आज प्रेस विज्ञप्ति जारी गरी जनाए अनुसार जिल्लामा १६ वर्ष उमेर पुगेकाहरुको जनसङ्ख्या भने २ लाख ४६ हजार ६ सय २६ रहेको छ । गत चैत महिनाको १९ गतेबाट सुरु भएको मतदाता नामावली संकलन कार्य यहि जेष्ठ २६ गते सकिएको थियो । गाउँमा टोलि पुग्दा नाम दर्ता गराउन छुटाएकाले भने जिल्ला निर्वाचन कार्यालय धादिङमा आएर नाम दर्ता गराउन सक्ने बताइएको छ । कार्यलयमा फोटो खिचाउने र नाम दर्ता गर्ने कार्य सुरु भैसकेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।


श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]