धदिङको री गाउँ विकास समितिमा ४२ दशमलव ९ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण हुने


YYY
धादिङको री गाउँ विकास समितिमा ४२ दशमलव ९ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण हुने भएको छ । आँखु खोला हाइड्रो पावर कम्पनीले आगामी ४ वर्ष भित्रमा योजना सम्पन्न गर्ने गरी जलविद्युत परियोजना निर्माण गर्न लागेको हो । परियोजनाको लगि अनुमानित साँढे ५ अर्व लागत लाग्ने बताइएको छ । आयोजनालाई आवश्यक जग्गा खरिद र प्राविधिक अध्यायनको अधिकाँश काम सकिएकालले ६ महिना भित्र सम्पूर्ण तयारी पुरा हुने र १ वर्ष भित्रमा निर्माण कार्य सुरु हुने आँखु खोला हाइड्रो पावर कम्पनीले जनाएको छ । यसअघि नै सल्यानकोट ९ स्थित आँखु खोलामा नै ७ मेगावाट क्षमताको जलविद्युत परियोजनाको निर्माण कार्य भइरहेको छ ।


श्रोत रेडियो बिहानी धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]