गोगनपानीमा मन्दीर सरसफाई


YYY
गोगनपानी गाउँ विकास समिति वडा नं. २ चुलीमा अवस्थित बागबच्छला मन्दीरमा आज सरसफाई गरिएको छ । जनसेवा युवा क्लवको आयोजनामा आज मन्दीर परिसरमा सरसफइ गरिनुका साथै ५ हजारको लागतमा ग्रिलको ढोका समेत राखिएको छ । स्थानीय गंगालाल श्रेष्ठको सकृयतामा २०÷२५ जना युवाहरुको सकृयतामा मन्दीर परिसर सरसफाई गरिएको हो । स्थानीय बासीन्दाले मन्दीर वरपर पर्खाल लगाउने, चौतारा सार्ने र विविध कार्यक्रमहरु गर्ने निर्णय समेत गरेका छन् । लिच्छवी कालमा स्थापना भएको किम्बदन्ती रहेको मन्दीरमा प्रत्येक वर्षको मंसिर महिनाको अघिल्लो दिन विशेष मेला लाग्ने गरेको सहकर्मी रामकुमार थापाले जानकारी दिनुभएको छ ।


श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]