पञ्चेबाजा संरक्षण समाजको वार्षिकोत्सव खाल्टेमा


YYY
लोपोन्मुख पञ्चेबाजाको संरक्षण गरौँ, संस्कृतीलाई उजागर गरौं भन्ने लक्ष्यको साथ गठन भएको राष्ट्रिय पञ्चै बाजा संरक्षण समाजको छैटौ बार्षिक उत्सव समारोह आज खाल्टे ४ डाडाँगाउमा सम्पन्न भएको छ । समाजका अध्यक्ष दिपकराज खतिवडाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माको प्रमुख आतिथ्य तथा त्रिशुली बचाउ साझा सञ्जालका संयोजक उत्तम कँडेलको बिषेश आतिथ्य रहेको थियो । कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि शर्माले संस्कृती बचाउन उल्लेख्य भुमिका खेलेकोमा राष्ट्रिय पञ्चेबाजा संरक्षण समितिको प्रशंसा गर्नुभयो । समाजको लाई आगामी समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । यस्तै सोहि अवसरमा संबोधन गर्दै विशेष अतिथि कंडेलले बाहुनबाजाले समाज परिवर्तनमा उल्लेख्य भुमिका खेलेको बताउनुभयो । 

कार्यक्रममा स्थानिय स्तरका राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, लोक कलाकार बलबहादुर राई, गोकुल खनाल, हास्य कलाकार राजा राजेन्द्र सहित स्थानीय बासीन्दाको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय पञ्चेबाजा संरक्षण समाज खाल्टे, संयुक्त राष्ट्रिय पञ्चेबाजा समाज छापगाउँ र मिलिजुली मगर पञ्जेबाजा समाज पहरेछापले पञ्चेबाजको जोडदार प्रस्तुती गरका थिए । 

कार्यक्रममा राष्ट्रिय पञ्चेबाजा संरक्षण समाजका संस्थापक दिवाकर रिमाललाई सम्मान गरिनुका साथै सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरिएको सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।

स्रोत : रेडियो बिहानी, धादिङ


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]