पोतेमाला तालिम


YYY
ब्रादी युवा समाज सेम्जोङ धादिङको पहलमा सञ्चालन भएको पोते माला बनाउने तालिम आज सम्पन्न भएको छ । ब्रादि युवा क्लव सेम्जोङका अध्यक्ष विकास तामाङको अध्यक्षतामा सञ्चालन भएको तालिममा स्थानीय ५६ जनाको सहभागिता रहेको थियो । स्थानीयबासीलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा पदमबहादुर तामाङ र डोलबहादुर तामाङले प्रशिक्षण दिनुभएको थियो । आज भएको तालिमको समापन कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति राजु पाख्रीनको प्रमुख आतिथ्य रहेको थियो । तालिमको अन्त्यमा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको आयोजक क्लवका अध्यक्ष विकास तामाङले जानकारी दिनुभयो ।


श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]