पतेनी प्राविको समाचार


YYY
पतेनी प्राथमिक विद्यालय खाल्टे ५ पतेनीमा आज एक कार्यक्रमका बीच जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर ढुङ्गानाको उपस्थितिमा नविन भट्ट अध्यक्ष रहने गरी ११ सदस्यीय सर्कल गठन गरिएको हो । नवगठित सर्कलको उपाध्यक्षमा अञ्जली ढुङ्गाना, सचिवमा तिलकुमारी दाहाल, सह–सचिवमा कञ्चन भट्ट र कोषाध्यक्षमा विनिता श्रीमल चयन हुनुभएको छ । नवगठीत सर्कलले वातावरण सभा गर्ने र प्राथमिक उपचार सम्बन्धी कार्यक्रम गर्ने लक्ष राखेको शिक्षक राजुभट्टले जानकारी दिनुभएको छ ।

श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]