व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना सम्बन्धी एकदिने गोष्ठी धादिङबेसीमा सम्पन्न


YYY
जिल्ला कृषि विकास कार्यालय धादिङको आयोजनामा समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना  CMIASP सम्बन्धी एकदिने गोष्ठी आज धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोगीमारा र बैरेनीका गरी १६ जना कृषकहरुको सहभागिता रहेको थियो । जयपुरी जोगिमारा सिंचाइ उप आयोजना र बैरेनी ८ स्थित डलटार–भल्टार सिंचाइ उप–आयोजनाका कृषकहरुको लागि आयोजना गरिएको कार्र्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका बागबानी विकास अधिकृत  केशवप्रसाद घिमिरेले सिंचित क्षेत्रमा कृषि कार्यक्रम सम्बन्धी र इञ्जिनियर थानेश्वर दुवाडीले सिंचाई निर्माण एवं विस्तार सम्बन्धी विषयबस्तुको बारेमा प्रष्ट पार्नुभएको थियो । जिल्ला कृषि विकास कार्यालयका रामहरी श्रेष्ठ, भिमबहादुर क्षेत्री, निरञ्जन कोइराला र पल्टनप्रसाद चौहानले सहजीकरण गनुभएको कार्यक्रममा कृषकहरुको तर्फबाट बैरेनी ८ डल्टारका कमला रिमालले आफ्ना क्षेत्रमा भएका कृषि कार्यक्रम र महाङ्काली कृषक समूह बैरेनी ८ खेष्टे खोलाका अध्यक्ष नवराज खड्काले सिंचाइ उप–आयोजनाको निर्माण र विस्तार कार्यको बारेमा जानकारी गराउनुभएको थियो । 

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]