सामुदायिक अध्ययन केन्द्र सम्बन्धी अभिमुखीकरण


YYY
सामुदायिक अध्ययन केन्द्र सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको नेपाल सरकार शिक्षा मन्त्रालय, अनौपचारिक सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा अनौपचारिक सेवा केन्द्र धादिङका संयोजक एवम् जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, विद्यालयका स्रोत व्यक्तिहरु एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो

अनौपचारिक सेवा केन्द्रका विष्णु प्रसाद मिश्रले सहजीकरण गर्नुभएको अभिमुखीकरण कार्यक्रममा नेपालमा सामुदायिक अध्ययन केन्द्रहरुको अवस्थाको बारेमा प्रकाश पारिएको थियो विभिन्न जिल्लाहरुमा सफलतापूर्वक सञ्चालनमा रहेका सामुदायिक अध्ययन केन्द्रहरु उनीहरुले सञ्चालन गरेका गतिविधि कार्यक्रममा प्रस्तुत गरिएको थियो

नेपालमा हाल सरकारी गैरसरकारी गरी हजार सय ३१ वटा सामुदायिक अध्ययन केन्द्रहरु सञ्चालनमा रहेको   त्रिवर्षीय योजना अवधिमा प्रत्येक गाविसमा एउटा नगरपालिका महानगरपालिकाको प्रत्येक वडामा / वटा सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको उक्त अवसरमा जानकारी गराइएको थियो

स्रोत : रेडियो बिहानी,धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]